[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 मुक्तक

[Please view other pages to see the rest of the postings. Total posts: 36]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 30983 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-08-07 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"समय बाँझै छ!"

बुख्याँचाले अझै लडाईँ ओगटेका छन्
साला मूसाहरुले दाईँ ओगटेका छन्
बैंशालु समय अझै बाँझै छ
बूढा गोरुले अझै गाई ओगटेका छन्!
 
Posted on 05-08-07 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा! अरु के भनुं, निशब्द छु।
 
Posted on 05-08-07 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह गौतमजी! वाह!
:)
 
Posted on 05-09-07 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद राहुल दाइ र बिर्खेजी।
एक-दुई मुक्तक जाओस् न यार!
 
Posted on 05-09-07 4:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी मूक्तक गौतम जी !!
हा. टा. गर्नु पुर्व एउटा सानो; यसै सन्दर्भमा


केस पाकी सक्यो; झरी सक्यो
युवाको उपनाम पाएकैछन् -
दन्तुरो झरेको कन्तुरे गालामा
डिम्पल को फूर्ति लाएकै छन् !!!!
 
Posted on 05-09-07 8:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो मुक्तक ऋषिजी!
**************************

अब म अलि फरक 'टोन'मा दुई मुक्तक राख्दैछु। मनमा केहि समय यताबाट खेलिरहेका बिम्बहरुलाई गजल, कविता, मुक्तक के को रुप दिने भनेर टोलाउँदा मुक्तकमा गएर मन अड्कियो। शिर्षक भने एउटै राख्ने विचार आयो।

'आकाश र समुद्र-१'

पाँच मात्रै किन?! सय इन्द्रियले पिएको हुँ
तिमीलाई पिउन भनेरै, यति माथि तैरिएको हुँ
तर तिम्रै उष्णताको खातमा अडिएको छु म
तिम्रै उष्णताको बलमा क्षितिजसम्म फैलिएको हुँ।

'आकाश र समुद्र-२'

तिमी सधैं नवीन, म उस्तै अधैर्य पर्खिएँ
दिएरै लियौ तिमीले, मैले लिएरै दिएँ
धर्ती सर्वाङ्ग भिजिसक्यो, अब विवाद किन
तिमी छाल छचल्कियौ या म बादल बर्सिएँ!
 
Posted on 05-09-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जबका मुक्तकहरु रहेछन् यहाँ। पस्किनुहुने गोताएँ दाई अनि ऋषिजीलाई धेरै धेरै धन्यवाद! :)
 
Posted on 05-09-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Ones Gautam jee.

I would change this line to avoid the repition in the fourth line in 'आकाश र समुद्र-१'

तर तिम्रै उष्णताको खातमा अडिएको छु म
 
Posted on 05-09-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजबका मुक्तकहरु गौतमजी!

शिरीष गुरुले भनेको ठाउँमा यसो गरे कसो होला, झ्वाट्ट टाउकामा आएर प्वाक्क मुखमा आयो के :)

"तिम्रै गुरुत्वको परिधीमा अडिएको छु म"
 
Posted on 05-09-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यू रोड् तिर दुई चार जना नाङ्गै देखें
ओह् नबसन सबै उडाङ्गै देखें


pachhi thapchhu hai aru sher haru ahile busy hunu paryo k
 
Posted on 05-09-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाजु, कविता बिगार्न पाइ हो कि नपाइ हो?

म बिगारिदिन्छु ल ?
कारण – मलाइ कसैको एक शब्दबाट कति लहरा पलाउन सक्छन् भन्नेतिर सोच्नमा सार्है रुचि लाग्छ, सायद आफैंले केहिमा पनि पूर्णता दिन नसक्ने भएकोले होला।



तिमी सधैं नवीन, म उस्तै अधैर्य पर्खिएँ
दिएरै लियौ तिमीले, म पूरै पोखिएँ
धर्ती सर्वाङ्ग भिजिसक्यो, वाली सप्रन्छ कि ?
गन्तव्य त्यहि थियो या बिचैमा रोकिएँ ?
 
Posted on 05-09-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.oho! copycat darho gayo!! yaslai bigareko bhanna milchha ra? :D

la la aaja muktak padhne ichchhaa jaagera aako chha, lekhum lekhum!!
 
Posted on 05-09-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपिक्याटजीको कपिक्याट बन्न मन लाग्यो!:)
माफ पाउँ है गौतमजी!


तिमी सधैँ नवीन, म उस्तै अधैर्य पर्खिएँ
दिएरै लियौ तिमीले, म 'लिन' मा नै अड्किएँ
धर्ती सर्वाङ्ग भिजिसक्यो, अझै पानी पानी तर्सिएँ
भुतको सुख्खा मरुभुमी शायद, म बिना बादल बर्षिएँ!
 
Posted on 05-09-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यू रोड् तिर दुई चार जना नाङ्गै देखें
ओह् नबसन सबै उदाङ्गै देखें

जीऊ नछोपेनी लाज् छोपन
तन्नेरी नजर् हरु तिमीतिर बाङ्गै देखें
 
Posted on 05-09-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक से एक मुक्तक पढ्न रमाइलो भै राछ, धन्यबाद् सबैलाई।
 
Posted on 05-09-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एडिटेड :)

तिमी सधैँ नवीन, म उस्तै अधैर्य पर्खिएँ
दिएरै लियौ तिमीले, म 'लिन' मा नै अड्किएँ
धर्ती सर्वाङ्ग भिजिसक्यो, अझै पानी पानी भन्दैछु
भुतको सुख्खा मरुभुमी शायद, म बिना बादल बर्षिएँ!
 
Posted on 05-09-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hmm....

दिएरै लियौ तिमीले, म लिन मा नै अड्किएँ

Gajjab cha..maile ta aru nai ke ke sochen...bhrasta dimag !
 
Posted on 05-09-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे शिरीष गुरु, लेखनाथ पौड्यालको एउटा लाइन याद आयो तपाईँले दिमागको कुरा गर्दा :)

" खुल्ला दोकान को राख्छ, गलेबन्द भए कुनै"

यसको अर्थमा जाउँ-
१) कुनै गल्लि बन्द भएको बेलामा आफ्नो दोकान (पसल) कसले खुल्ला राख्छ र?
२) दो कान (दुइटा कान) कसले खुल्ला राख्छ र जब गलेबन्द (गलबन्दि) छ भने!

:)
 
Posted on 05-09-07 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई धन्यवाद!
अब यो धागोलाई मुक्तकको धागो बनाउनु प-यो, कि कसो?

copycatजी, शब्दहरुसंग तगडा खेल खेल्न सक्नुहुँदोरहेछ। कहाँ बिगार्नु नि? तपाईँले त बिग्रेकालाई सपार्नु भयो! बिर्खेजीले झन नयाँ आयाम ल्याइदिनुभयो शब्दसंयोजनमा!
यसरी लहरा तानिँदै जानुपनि रमाईलो हुँदो रहेछ।
शिरिष गुरुको सल्लाह शिरोपर छ।

हजुरहरुका सुझावमा आधारित भएर, थोरै परिवर्तनका साथ;

'आकाश र समुद्र-१'

पाँच मात्रै किन?! सय इन्द्रियले पिएको हुँ
तिमीलाई पिउन भनेरै, यति माथि तैरिएको हुँ
तिम्रो नि:श्वाशको खातमा अडिएको छु म
तिम्रै उष्णताको बलमा क्षितिजसम्म फैलिएको हुँ।

'आकाश र समुद्र-२'

तिमी सधैं नवीन, म उस्तै अधैर्य पर्खिएँ
दिएरै लियौ तिमीले, लिएरै म पोखिएँ
धर्ती सर्वाङ्ग भिजिसक्यो, अब विवाद किन
तिमी छाल छचल्कियौ या म बादल बर्सिएँ!


यी हरफहरु कोर्दाका मेरो मनोदशालाई जस्ताको तस्तै राख्न भने
 
Posted on 05-09-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धत्तेरी, पूरा लेख्दै नलेखि ठेलिएछ।

त्यो अन्तिममा चाहिँ "यी हरफहरु कोर्दाका मेरो मनोदशालाई जस्ताको तस्तै राख्न भनेर यति मात्रै मिलाएको हुँ।"
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters