[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६१ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 584]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 238616 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 06-26-07 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६१


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६१ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 61 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************











****************************************

भउतेले दामी गाना गाएछ:


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो


***********************************************


 
Posted on 07-03-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yahooooooooooooooo ma ta aaj 1:30pm ma ghar jaaneeeeeeeeeeeeeeeee. kyaa majjaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa.

cham cham nachideu niurera
haatma rumal kaanma ful siurera :D
 
Posted on 07-03-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा!! दाम्मी न्युज हान्दिनु भएछन्त!! हा हा हा!!"---मुसुमुसु हाँस्दै चौतारि दिनदिनै खोलेर पनि चौतारिबासिलाई ऊ यहाँ छैन भन्ने पारेको----" बबाऽऽऽलै भन्नुभयो, हत्तेरीका!! :-)

ठुली, चित्रे, राहुलदाई, चना ब्रो, सान्नानी, नेपाल कि छोरी भाउजु, हरितालिके, गालब लगायत सबैलाई फेरी यो सोझो कुम्लेको जदौ!!

अरे मदनवा! तिमी कत्ते हराइलियौ? पपुलारिटि ले तिमीलाई उठ्ने मुस्किल करिलियो कि क्या हो? थोडा नयाँ नयाँ गना वना लिखिहाल!

:-)
 
Posted on 07-03-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
मेरि बास्सै चौतारिआँ त के सारो रमैलो अरिरारछन ।

दर्सन अरे है हउरहुरलै मैले नि । सप्पैजो भुरा भुरि मात्रै थिए के रे पइले । अब चै गुरुमा गुरुबा पनि आम्न थाले देखुन मन फुरुंग भएको छ ।

गुरुमा र गुरुबा (नेप्चिदी र राहुल्दा) लै तारेमाम गरे है :P:P
 
Posted on 07-03-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahahhahahahaha hihihihihihihihihihihih huhuhuhuhuhuhuhu
launa marne bela bho katti hasako jimmal baa le... launa sakina maile hehehehehehehheheheheheheh hahahahahahahha hihihihihihihihihihihh huhuhuhuhuhuhu


nepchi didi tei ta kati hasako jimmal bale hai?
chana dai bhauju khai ta aaja?
galab kata bepatta bhako, feri swosthani ko season ma matra aaune ho regularly?
thuldai malai ni sharu_bhaktalai chinya jasto ta lathyo khai ho ki haina?
thuli, chitre ke chha timaruko? aaja git gaaudai cinema najani timiharu? :)
 
Posted on 07-03-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa sanani kastari haseki ni. cinema herna najaane. aj ra bholi ta maja le din bhari sutne. :D anyway guys happy 4th july.
 
Posted on 07-03-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai interview sunna basekota suru hune kunai signal nai chaina kya. aajno ghar jane bela huna lagisakyo. yo birkhe da le kahile suru gerne hola.
 
Posted on 07-03-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय श्रोताहरु, अब हामि तपाईँहरुलाई लैजाँदै छौँ हाम्रो स्टुडियो तिर जहाँ हाम्रा सम्बाददाताले ठुल्दाई संग अन्तरवार्ता लिनगैरहनुभएको छ।

“नमस्कार!”
“भनिन्छ जता गए पनि जहाँ रहे पनि आफु जन्मेको ठाउँ र आफुले मम खाने पसल सदैब प्यारो हुन्छ। गौशालाको मम र श्लेसमान्तकमा तानेको चिलिम जस्तो स्वाद मेकडोनालको बर्गर र मार्लबोरोमा हुँदैन। आउनुहोस यस्तै तिता मिठा स्मरण सहितको कुरा गरौँ उहि हाम्रा चिरपरिचित अति मृदुभाषि ठुल्दाई संग।“

संवाददाता-

“तपाईँलाई हाम्रो स्टुडियोमा स्वागत छ ठुल्दाई!”

ठुल्दाई-

“ जिन्दगिमा धोका पायो, ठुल्दाईले अन्तरवार्ता दिने मौका पायो, तारेमाम्!”

संवाददाता-

“हा हाहा ठुल्दाई तपाईँको शैलि गजबको लाग्छ मलाई त। अनि भन्नुहोस कस्तो अनुभव भैराको छ नायाग्रा फल्स बाट फर्किएपछि?”

ठुल्दाई-

“ नायाग्रा फल्सको रंगिन रमाइलो, मन भयो घमाइलो। के बात गर्नु जति बोले पनि कम हुन्छ, धेरै नै रमाइलो बुझे ठिक हुन्छ। तारेमाम्।“

संवाददाता-

“ भनेपछि ठुल्दाई, यो संसारमै रमाइलो ठाउँ हो त नायाग्रा फल्स?”

ठुल्दाई-

“ जति रमाइलो भए पनि गौशालाको म:म खाएर चिलिम तान्दै काठमान्डुको ढल बागमतिमा झरेको जस्तो रमाइलो, आहा! यो समुन्द्रमा समुन्द्र झरेको नायाग्रा फल्समा भेटिँदैन, कुरा बुझौँ मनमा गुनौँ। तारेमाम्।“

संवाददाता-

“हाहाहा ठुल्दाई, त्यत्रो पानि त्यत्तिकै खेर गइरहेको छ हगि हाम्रो बागमतिको?”

ठुल्दाई –

“बागमतिको पानी खेर गैरहेको भन्नुभयो, ईतिहास र भुगोल पढेर आउनु पर्ला पहिला तपाइँले। बागमतिमा न त पहिला मनग्य पानी थियो न त पछि हुन्छ। ३५ बर्ष यो राहुलभाइ बागमतिको वरिपरि घुमेको अनुभवले बताउँछ। तारेमाम्।“

संवाददाता-

“ हेहेहेह अनि बताउनुहोस, आजकल मम कत्तिको खाइन्छ?”

ठुल्दाई-

“ गौशालाको असलि म:म जस्तो म:म अमेरिकामा कहाँ? मासुको ड्लला र पिठोको टुक्रा म:म हुँदैन, त्यस्तो खाने मन पनि हुँदैन। असलि म:म देख्नेले अमेरिका देख्न पाउँदैनन अमेरिका देख्नेले असलि म:म सुँघ्न पाउँदैनन्, सत्य कुरा यहि हो बुझ्नेलाई श्रिखन्ड नबुझ्नेलाई खुर्पाको बिँड्। कार्यक्रममा चिलिम ब्रेक हुन पर्यो, चिलिम नताने कुरा आउँदैन कुरा नगरे चिलिम तान्न पाइँदैन। कुन डाँकाको आँखा लाग्यो, चिलिम क्षणमै पाखआ लाग्यो। तारेमाम्।“

संवाददाता’

“ हा हा हा ठुल्दाई, ल एकछिन ब्रेक लिउँ न त’

श्रोताहरु एकैछिन कमर्शियल ब्रेक है त।

 
Posted on 07-03-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाह्हाहहा, बिर्खेको भित्रि द्रिश्य ( inter view) को कुनै जवाफ छैन, जस्तो गौशालाको म:म: को। तारेमाम्।
 
Posted on 07-03-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



हँसाएरै मार्न लागे,

हत्तेरिका
 
Posted on 07-03-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
जिम्माल बा कुरो भन्या यस्तो हो । के पो भन्छ अँ .. यस्तैअरि .त्यो के कुरो अलि सृजनात्मक भओ भुने चौतारी पनि टिक्ला भन्छु र ।

हिजो बेल्का देखुन जो हास्न शुरु अरेको कुनचै बेला पो निदाइचू कुन्नि बिहान उठ्दा त झण चिया जो सर्कियो हास्दा हास्दै। अब चौतारी मा हाम्दारि पिउने कुरो जति सप्पै जो पइले नै पिएर आम्न पर्च अस्तो माने के रे मइले चै ।
 
Posted on 07-03-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त हांस्ने दिन् रैछ चौतारीमा। कत्ति हांस्नु बाबै। हांस्दै गरम, स्वस्थ रहंदै गरम।
मिस सिस लाई नमस्कार गरें।

सकिएन चिलिम् ब्रेक?
 
Posted on 07-03-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa hahahahhahaha jimmal baaaaaaaaaaaaa hahahahahaha gajjab ko interview chha la.........hahahah, kasto freely hasna pae gharmai chhu kere.......hahahahhaha
 
Posted on 07-03-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हसार मार्न लागे जिम्लाल बाले
मेरो त हास्दा हास्दा आँखाबाट आँसुनै बररररररररररररररररररररररररर झर्यो!! रोटफल रोटफल

जदौ नै भन्न बिर्षेको

जदौ गाम्ले हो ! सधै यसरिनै हास्न पाइ राखम् सबैले
 
Posted on 07-03-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सधै यसरिनै हास्न पाइ राखम् सबैले"
 
Posted on 07-03-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकिएन चिलिम् ब्रेक?


खै कुरेको कुरेइ छु के रे ।
 
Posted on 07-03-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.lol ha ha ha!! Jimmal baa !!
 
Posted on 07-03-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चाइन्जो चिलिम् ब्रेक त सकियो, अब इन्टरभिउ लिने बिर्खे जिम्माल् बाको भात् ब्रेक थियो, भात हान्न गएको साइड् हान्दै बस्यो होला, नानी देखि लागेको बानी ।
 
Posted on 07-03-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह मामाश्री वाह!! बब्बालै गयो नि त! चिलिम ब्रेक पछीको ईण्टरभ्यू चाहियो!!


 
Posted on 07-03-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय श्रोताहरु, प्राविधिक कारणले गर्दा अन्तरवार्ताको बाँकि अंश प्रसारण गर्न केहिबेर ढिला भएकोमा क्षमाप्राथी छौँ। हाम्रो भैँसेपाटी स्थित टावरमा चट्याङ पर्ने सम्भावनाले गर्दा हामि प्रसारण रोक्न बाध्य भएको थियौँ।

प्रस्तुत छ ठुल्दाई संगको अन्तरवार्ताको बाँकि अंश-

संवाददाता-

“ चिलिम ब्रेक पछि पुन: स्वागत छ ठुल्दाई”

ठुल्दाई-

“ धन्यवाद्, चिलिम तानियो केहि बेर अझ जिन्दगि धानियो, तारेमाम्।“

संवाददाता-

“ हँ त ठुल्दाई, अगि कुरा हुँदैथियो रमाइलोको। तपाइँको यो चिलिम यात्राको बारेमा केहि प्रकाश पारिदिनुहुन्छ कि? कतिको रमाइलो लाग्छ चिलिम तान्न?”

ठुल्दाई-

“ चिलिम र यो ठुल्दाईको यात्रा अहिलेको हैन पहिलेको हो, सामान्य वर्तमान हैन, अनवरत वर्तमान हो, सबैलाई चेतना भया। शिबजिको भक्ति अनौठो शक्ति, जे छ चिलिममा छ भक्तमा छैन, तारेमाम्।“

संवाददाता-

“ भनेपछि इतिहास देखिकै कुरा रहेछ हैन?”

ठुल्दाई-

“भन्नेले जे पनि भन्छन, देख्नेले देखेको कुरा गर्छन। इतिहास लेखिनेहरुलाई थाहा हुन्छ। झुठ्ठा इतिहासको साक्षि बकेर न त चिलिमको असलि तथ्याङ्क पाउन सकिन्छ न त चिलिमले चिलिम फर्काएकाहरुको। यो राहुलभाइ पनि दस दस बर्ष सम्म चिलिमले घुमाएको मान्छे हो, चिलिममा घुमेको हैन, तारेमाम्।

संवाददाता-

“अहो ठुल्दाई, नरिसाउनोस न श्रोताहरुको चाहना बमोजिम सोधेको पो त, बरु यो अन्तरवार्ता सकिएपछि संगै तानौँला।“

ठुल्दाई-

“ केहि छैन भाइ, छुच्चो मुख फोरिहाल्छु लागेको कुरा खोलिहाल्छु। मनमा पाप छैन अलाहाबादि तरिका हो, होगा तो होगा नहिँ होगा तो मकैका घोगा। कौन ताल पे ढोलक बाजे कौन ताल नगिना, जगिरा सरारारा, तारेमाम्।

संवाददाता-

हेहेहेह ठुल्दाई! अनि भनिन्छ हाम्रो देशलाई राजनितिले बिगार्यो, तपाइँको भन्नु के छ यस बिषयमा?

ठुल्दाई-

“नेपाललाई राजनितीले बिगारेको कुरा सबै भन्दा पहिल भन्ने यहि राहुलभाइ हो। राजनितिले हैन देश राजनेताले बिग्रन्छ, नेताले एकथरि कुरा गरे अर्को थरि काम , कामकुरो एकातिर कुकम्लो बोकि ठिमितिर। ढाँटेकोकुरा काटेर मिल्दैन, अहिलेको तालले देश चल्दैन, तारेमाम्।

संवाददाता-

“सहि कुरा गर्नुभयो ठुल्दाई, अनि आजकलका ठिटा ठिटिहरुलाई केहि संदेश दिन चाहनुहुन्छ कि?”

ठुल्दाई-

“अहिलेका ठिटा ठिटिलाई हामिले सिकाउने हैन हामिले सिक्नु पर्ने भएको छ, टाइम टाइमको कुरा सम्झाउनुभयो अलाहाबादि भनाइ याद आयो। समय समयकि बात मुर्गा मारे लात, काम गर्दै जाउ चित्त नबुझेको खोक्दै जाउ, तारेमाम्।“

संवाददाता-

“ हे हे हे हस त ठुल्दाई, यहाँले हामिलाई आफ्नो अमूल्य समय दिएर यहाँ सम्म आइदिनुभयो, त्यसको लागि धन्यवाद्”

ठुल्दाई-

“ मुल्यहिन धन्यवाद मात्र दिएर अमुल्या अन्तरवार्ता लिनुभयो, गौशालाको म:म: सम्म नखुवाएर उसिनेको आलुमा पार्नुभयो, धन्यवाद ब्याक टु मङ्गलमान् तारेमाम्।

श्रोताहरु यहाँ हुनुहुनथ्यो, हाम्रा उहि चिरपरिचित ठुल्दाई।

आगामि अंकमा हामि हाम्रा चौतारिका अर्का माननिय हस्ति माष्टरनी नानिलाई बोलाउने छौँ, यहाँहरुले वहाँलाई प्रश्न पनि गर्न सक्नुहुन्छ। प्रश्न र सुझाव तलको ठेगानामा पठाउनु होला। धन्यवाद्

ट्याकटुक समाचार समिती
चौतारि रेडियो
चौतारि, साझापुर


 
Posted on 07-03-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha ramailo bhai raheko rahechha.... maile jhandhai miss gareko.....jawos jawos
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters