[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 -- चौतारी - ९७ --

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 211492 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 02-01-08 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओखो काइदा को राखे चौ नि त आईपडाँ जह्तो भोट् हाल्ने भाडो चित्रे , क्या बात चित्रे क्या बात
रिट्ठ्स पाट २-४ चोटि खसाल्न खोज्यो जह्तो छ भोट् अनी काडँ हुन्थ्यो त
तेही भन्या अहिले सम्मा त ३-४ (बी बु - ठु दा) को
ल ल अपडेट नि गर्नु परो

 
Posted on 02-01-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाल्न त हाल्ने, कसरी हाल्ने हो भोट?
आफुलाई त {parmanent head damage } लागेर हो कि केही कुरो को मेसो पाउन्न आजकाल
अनि जिम्माल बा किन कुर्लेका नि। राष्ट्रपतिमा नि नाम त देख्छु त। राजा पनि आँफै, राष्ट्रपती नि आँफै हुने सुर छ कि कसो।

हैन हामलाई कुनै टिकेस परेन बाँड फाँडमा। जित्नु हार्नु त छदै थ्यो, उठ्न नि नपाउनु।
यती भन्दै यो शाहीत को ५ हरफ यहीं समप्त गर्दछु, जय चौतारी, चौतारी सलाम, अनि के के जाती हो सबै।


 
Posted on 02-01-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वेच्छिक रजिनामा

चौतारीको मान मर्यादालाई कायम राख्दै अनी हाम्रा कार्यन्व्यान सभापति बिर्खेबहादुर बोगटिको अंमुल्य सुझाव लाई मध्यानअजर राख्दै म झिल्के दास झाङ्ड झा एउटा फैसलामा पुगेको छु, हिजोको अक्समात बैठक ले टास्टुस साखाको जिम्मा मलाई दिएपनी हाम्रा भु पु लहरेकान्तजिले होइन त्यो पद त म नै सम्हाल्छु भनेर आफ्नो कार्यमा सकृयात जनायकओले आजका दिनदेखी म स्वेच्छिक रजिनामा दिदैछु, यसले भविश्यमा चौतारी सहिसूणताको एउटा नमुना देखुउने छ भन्ने पनि आश गरीबक्सेका छौ, र भोलिका दिन्हरुमा पनि लहरेजी बाट मिठा मिठा गीतहरु (भलै, बिना कुनै व्याख्या, बिना कुनै कारण) तास्नुहुनेछ भन्ने अपेक्षआ गरेइबक्सेका छौ,
-------------

तर जानेबेलामा एउटा गाना टास्ने अनुमती लहरेजी सँग लीन चाहिबक्सेका छौ,

यो गानाको मेलोडी, गानामा भयको रोमान्स, नेपाली भिडियो राम्रो हुँदैन भन्नेलाई जवाफ तर सबैभन्दा माथि यि सुन्दरी केटी, साच्ची मलाई यि सुन्दरी मिल्ने हो भने आजदेखी चौतारी आउन नै बन्द गरिदिन्थे लोल


स्वर भने पाएकै हो उदित बज्याले, कस्तो मिठो गायको

तिम्रो पछ्योउरी उडायो हावाले मैले छुन सकिन
त्यही हावा जस्ताइ बेइमानी पनि, म त हुन सकिन,

(यदी म भयको भए त एक नम्मरको बेइमानी भयर ति मयिआलाई नाइ उठायर लान्थे)



 
Posted on 02-01-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्मा को नतिजा 

 
Posted on 02-01-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरुलाई एउटा सुझाव पनि छ, यि हुनेवाला झिल्केनी  कस्तो लाग्यो, यदी चौतारीबाट ओके भयो भने म कुरा चलाइहाल्छु नि हे हे चौतारी परिवार भएपछी आफुलाई मात्र मन परेर नहुने, परिवारको पनि सहमति हुनु पर्‍यो नि लोल

 
Posted on 02-01-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry - Duplicate entry

Last edited: 01-Feb-08 04:02 PM

 
Posted on 02-01-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के ब्रो, त्यो भिडिओ त साच्चै नै राम्रो रइछ, त्यो हिरोइन आहा क्या च्वाँक है
उदितको स्वरको त के कुरा गर्नु, लोभ लाग्छ भन्या
लु त्यो नतिजा चाँही गलत नै हो है, भउतेलाई मैले नि एक भोट देको हो, कसरी जिरो भोट भयो भउतेको?
लौ चित्रे मिलाउन पर्‍यो है


 
Posted on 02-01-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाम के अस्तायो चौतारी सुस्तायो।


बिर्खे बुढा चुनाव प्रचारमा लम्के जस्तो छ।


रिट्ठे अन्त गाम मा जन्त गए जस्तो छ।


भउते सुत्या मान्छे ओछ्यान् मै  ....त्या  जस्तै छ।


लहरे लाई खहरेले लग्यो कि?


ठुली अघि नै घरतिर जुली हर्दै  होली।


 
Posted on 02-01-08 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सार्है अल्छि लागेर, कफी खान ला' ठुल्दाइ म चाँही,
बरु त्यो एउटा चिलिम नि पाउन,
हाम्पनी चिलिम बिरेकमा जान परो अब




 
Posted on 02-01-08 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाम् भाइ जाम्, चिलिम् बिरेक नि लिएन भने त दुनियाबाटै चिलिम् हुन्छौ।
 होइन रिट्ठे भाई, हाम्रो नि समाज खोल्नु परो कि क्या हो?

चिलिम बिरेक कल्याण समाज।

हाम्रो नि हक हितको कुरो आउछ नि। कसो?


 
Posted on 02-01-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulDai........Taremam, Chilim jane ho? hehehhehe
Ritthe Shaan, kata ho yar CHilim?




 
Posted on 02-01-08 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै!

कुन साइतमा मन्त्रिमण्डलको निर्णय लेखिएछ कुन्नि, सपै पाँच लाइन बनाम्न थाले!


 
Posted on 02-01-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो ठुल्दाइ हो, चिलिम बिरेक कल्याण समाजको अबिलम्ब गठन गर्नु पर्‍यो अब
अनी तेस्को अध्यक्ष ठुल्दाइ निर्बिरोध, झिल्के र म चाँही सदस्य, कसो झिल्के?
जिम्माल बुढा लाई चाँही अनुगमन समितिमा रख्दिने
(एक लाइन उधारो रह्यो, अर्को पालो छ लाइने लेख्ने नै छु)


 
Posted on 02-01-08 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ता

रे

मा

म्


 
Posted on 02-01-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-08 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे भाइले निर्बिरोध अध्यक्ष बनाई दिनु भो, धन्यबाद।


चिलिम ब्रेक कल्याण समाज गठन गरिएको बारे सार्बजनिक सूचना!


आज मिति २००८, फेब्रुअरि १ का दिन संसारभरिका चिलिम ब्रेक पारखीहरुको कैलाशपर्बत स्थित चिलिमालयमा  भएको अभूतपूर्ब भेलाले श्री शंकर भगवान गाँजावाला संरक्षक  रहने गरी निम्न ७ सदस्यसहितको चिलिमब्रेक कल्याण समाज गठन गरिएको सहर्ष जानकारी गराउदछौं।


अध्यक्ष- राहुलभाई राज भन्डारी।
वरिष्ठ उपाध्यक्ष तथा महिला बिभाग प्रमुख- श्रीमती पूण्टे
उपाध्यक्ष: झिल्के झुनझुनवाल
सचिब: रिट्ठे राज रायठोर
कोषाध्यक्ष: अन्तरे आसाथकु
सदस्यहरु: भगुत भाई भण्डारी
                श्री पून्टे


नोट: यस गरिमाय समाजको सदस्यता लिन चाहनु हुने चिलिम् प्रेमी महानुभावहरुले आफ्नो चारित्रिकबिबरण सहित आबेदन यथासक्य यस समाजको केन्द्रिय कार्यालयमा संप्रेषण गर्नु हुन अनुरोध छ।


 
Posted on 02-01-08 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चैं चिलीम ब्रेक कल्याण समाजको प्रमुख प्रतिपक्ष!
 
Posted on 02-01-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ani Birkhe Bahadur Bogati kho ta




अध्यक्ष- राहुलभाई राज भन्डारी।
वरिष्ठ उपाध्यक्ष तथा महिला बिभाग प्रमुख- श्रीमती पूण्टे
उपाध्यक्ष: झिल्के झुनझुनवाल
सचिब: रिट्ठे राज रायठोर
कोषाध्यक्ष: अन्तरे आसाथकु
सदस्यहरु: भगुत भाई भण्डारी
                श्री पून्टे

--------
Chitre hijo sarai majja aayo, jati comment diye pani kam nai hunchha hola

 
Posted on 02-01-08 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! भोटिङ पनि भै'रारे'छ ।

म सुतेर निधाइरा'को बेला चुनाप गराएर यहाँ ठूलो ग्र्याण्ड डिजाइन भै'रारे'छ।

अब भोट माग्न परो नि त।

सुन है गाम्ले हो, मलाई भोट हालेनौ भने मैले एक एकका खु्टा सुट्टा भाँचिदन्छु नि।

यसपाली त खिटी खिटी पारेर पैले जस्तो भोट धस्काउन नि नमिल्ने रे'छ, आइ पी ट्र्याक जस्तो छ।

नत्र पुन्टे बुढा र जिम्माल बुढाको १०००० -१०००० पुगिसक्थ्यो।

 


 
Posted on 02-01-08 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! थर्काउन पा'छैन , ५ भोट आइसकेछ।

जे भे नि डराम्छन् के गाम्लेहरु मसँग। अस्ति भर्खर अन्तरेको दाँतको बिजोग देखेर नि होला।

मलाई भोट हाल्नेहरु ५ जना गेस अरम है त।

१-रिठ्ठेसान

२-भाभीजान

३-झिल्के

४-चित्रे

५- को होला खै ! मलाई भोट हाल्न मरिहत्ते गर्ने त त्यै तितौरी-काली हो के रे। यहाँ थुतुनो देखाउन नआए नि लुकि लुकि साझा त हेर्दि रे'छ कि के हो?

आफ्नो भोट त जिम्माललाई धस्काइयो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters