[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 237034 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 02-01-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Geet harauna lagechha. Yo geet aaja din bhari raat bhari baji rakhos chautari ma.


Sannani ani thulnani,
malai hacker sacker bhanne haina hai!
bhandya chha!
 
Posted on 02-01-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् ह्याकर भनेको के हो ?
 
Posted on 02-01-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी हो यो मिस्ते लाइ नवन । फेरी उस्लाइ रिस् उत्त्यो भने उस्ले उस्को बुढी लाइ भनेर हाम्रो कपाल भुताल्न लगाउच भन्न ला । सान्नानी तिमी नि फ्लाईइङ किक्क प्रातिस् गर्दै गर्नु । केथा कुन बेला काम लाग्छ ।
 
Posted on 02-01-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई के थाहा त खीर बनाउने प्लान त्यो दिन। ग्वाँचेको तालमा लागेको, ठूल्दाइ बुडालाई नि उक्साईयो। खानेबेलाँ आधा कुखुरो जम्मै खाए, अनि भोलिपल्ट गामभरी फलाक्दै हिडे। तिम्रा हजुरबाको नानाभाँतीको गाली खानेबेलाँ बिचरा म र ग्वाँचे मात्रै। कति गालीगर्न जान्या हुन बुडा फेरी, एउटा जाबो भाले, गामका ठीटाहरु ले खाएचन तनि भन्न नि नसक्ने। त्यो पारी बनबाट स्याल आएर टिप्या भन्दा त हाम्लेई खा'को राम्रो हैन र भन्या।
 
Posted on 02-01-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सप्पैलै खानुस ..आज चौतारी पार्टी है त -- विषेशत: प्रितीको लागि
 
Posted on 02-01-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!!!! खानाकुरा यतै छुटेछ :):)

 
Posted on 02-01-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् किन बिशेष प्रितीको लागिनी । के हो मिस् प्रितीको बिहेको कुरा चल्दै छ कि क्या हो ।
 
Posted on 02-01-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए माष्टरनी नानी! हउरलाई पाप लाउदैन? भोकले भुँडि बटारिएको बेलाँ एस्तो खानेकुरा देखा'र!
 
Posted on 02-01-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका !!! ठूली कति बिहेको कुरो गरेको ?:( प्रितीको म दिदि अनि माइतीको तर्फ बाट विशेष नि त। तिमी त सधैको रैथाने नि त ( अब नबुझेर के हाल हुने हो ) । त्यै भ'र :P :D
 
Posted on 02-01-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा मसौरा नि खाने हो कि ?:)
झन एतिका खानेकुरा पकाए अनि त पाप रे :(:( रोइदिम?:(
 
Posted on 02-01-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् ! अलि मजाले डाँको छोडेर रुनोस है ,बरु आँशु पुछ्न जिम्मालनिको
पुरानो मजेत्रो लैजानुस :P:D
 
Posted on 02-01-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् नमस्ते,हन यति धेरै हेर्दै खौ खौ लाग्ने खानेकुरा बनाम् न आउदो रैछ हाम्रो मिस् लाइ,कहिले काहि त किलास् मा ल्यायेर प्यारा बिद्याथि लाइ टपरि मा भाग् लाइदे नि हुन्न र ,क्यार्नु मिस् लाइ बिद्याथि को माया भयेन जस्तो मानिचु खालि मुर्गा र भङेरो मात्र बनान्मे ,मिस् को खाना चै हामिले कहिले चाख्न्न पौने खोइ???
 
Posted on 02-01-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ दिले हालखबर? अरु कोही छैन क्या हो?
 
Posted on 02-01-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या हुनु र दाजु तेल् बेचिरा !!!चलिराछ नै भन्नु पर्यो,ककृने जादो भाको ले कोइ आम्न क्यार तेल् किन्न अनि येसो टाम् मिलार गाम्ले हरु लै दुइ चार् बात् हानिरा अनि दजु को पो के छ खबर्,बेसै छ भन्ने मनिचु
 
Posted on 02-01-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्च यि दिल बादुरले ।के भओ र भन्चु आजकलका विद्यार्थिहुरलै आफै जो चैने हाम्रि मिसको लागि त म हाँस बन्छु कुखुरो ,चरो भंगेरो जे नि बन्छु भन्ने । न मैले कैले मुर्गा बनाम्न पाउनु न कएले भंगेरो । बरु त्यो के जाति चरो भंगेरो बन्छम भुन्न भण्दा त्यो के जाति राम्रो मन्छे बनेर देकाए भैहाल्यो नि । अनि खेरि मेरो लाग्ने भ'त किन चरो भंगेरो बानाम्दिहुम र बरै बरु हात्ति ह्वेल, गैडा चिम्पान्जि बानाम्दिहुम केरे । चिडिया घराँ नि राख्न हुनि स-सना नातिनातिनि भन्ट्यांग भुन्टुंग लै यसो कइले काइ देखाम्न नि हुने ।

:) खाने कुरो त चौतारियाँ नै त राखीदिया छ नि खानुस न सप्पै मिलेर । ल म चै खाइसके केरे

अनि जिम्माल बा मलै त रुदा'री आँशू भन्दा सिकान पो धेरै आउछ त । अस्ति भरखर मात्रै रुघा ला'र भरखर अलिअळि बिषेक भा'छ तर नाक बड आउने कुरो कन्ट्रोल भा'चैन :)
 
Posted on 02-01-07 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीबारे रात्रीकालीन अभिबादन यो ग्वाँचेको!!
गाम्ले हुरले बबाल रमाइलो गरेछन, मिसले बनाको मिठो मिठो खाना नि खाएछन्, आफु या जाडोले मर्न लाइसको, दुइ दिनदेखि बाघको छालाको कट्टु बाहेक केइ लाउन पा हैन , कस्तो बिजोग, लौन गालब महाराज केइ गरिपाउँ, एट लिस्ट एउटा बाघको छाला कै भे नि ओढ्ने मिलाइ पाउँ!

हरि के छ, गोताएँ दाइको खोरमा नि खाइलाग्दो शिल्ड चम्किरा'छ रे, पुरस्कार कैले जित्ने हो ?
 
Posted on 02-01-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, तारेमाम्, कुखुरा चोरेको फल प्राप्त भै हाल्यो, फेरि अर्को शिल्ड् हान्ने बि४ छ जस्तो छ, होस् गर है गालाउ गुरु ले फेरि के के बनाइ दिने हुन्। खोइ कुरा बुझेको। मुख्य कुरो महत्वपूर्ण हुन्छ।
 
Posted on 02-01-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि बिहिवारे रात्रीकालीन जाडो(जदौ)!

आफू त आज यौटा पार्टीमा गएर चौतारीमा नि आउन भ्याइएन, फेरी यहाँ पनि मास्टर्नी दिदीले पार्टी दिनु भा'रैछ। तर आज त म अघाइसकें, बरू भोली बिहान उठेर माइक्रोवेभमा तताएर खानुपर्ला ती खाना।

ए ग्वाँचे, अहिलेसम्म सुत्या छैन? गाँजा तानेर सुत, अनि न्यानो भएर निद्रा लाग्छ।

लौ म त गएँ सुत्न, शिवरात्री है! ए सरी शुभरात्री!!!
 
Posted on 02-01-07 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दु ख पाएर म जता गएपनि
अन्जान्मै आँफै पराइ भएपनि
प्यारो त अकखिर त्यही हाम्रो दौतरी नै हो
बाटो जताको भएपनि सँगम त "चौतारी" नै हो ।


चौतारीका मेरा सम्पूर्ण मित्र हरुलाई नमस्कार । । ।
 
Posted on 02-01-07 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरबाट निस्किन लाग्या त यस्तो पो भइरा'रच।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters