[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 159832 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 03-07-06 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा सुन्छन्-
ग्याष्ट्रिक र दमका रोगीहरु
र भित्रभित्रै रुन्छन्-
सप्रन नसकेको आफ्नो 'वरत्र' माथि
(छोड्देऊ 'परत्र' का कुरा!)
अनि त्यहि सालको माघमा खुस्कन्छन्;


खै अरुले के बुझे कुन्नि तर मलाइ यो हरफले छोयो! यथार्थ!!
गौतम गुरु हो हाम्रो स्थिती यस्तै छ तर कहिले सम्म???
 
Posted on 03-07-06 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि यौटा कविता लेखौ लेखौ जस्तो लागि रहेको छ । dun no के लेखौ भनेर ...let me thinkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk
 
Posted on 03-07-06 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रियसि को बेदना




गयो तिमी किन यसरी निस्ठुरी भयर
के थियो तिम्रो मनमा भन्नै सकिनौ
कि त तिमीले चाहेजस्तो पाउन सकिनौ
सुल्झनै नाशक्ने के थियो बुझ्नै सकिन
भन्नै नहुने के थियो सुन्नै सकिन
म भने प्रफुल्ल थिय कविको कला नै तिमीलाई सम्झेर
शिल स्वाभाव र सुन्दर प्रियसि पायर
दुखमा सधैं साह्श दियौ सुखमा मधुर मुस्कान दियौ
प्रिय तिमी कसरी मलाई यक्लो बनाइ छोडि गयौ
म त तिम्रो के पो लाग्छु र जब तिमी नै भयौ टाढा
तैपनी प्रिय नपछु ताय आफ्नै गल्तिलाई स्विकारेर
 
Posted on 03-07-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम गुरु ,
कविताले यो हृदय छोयो । यस्तै हुन्छ सप्तहमा
अझै जाओस गुरुजी ।
 
Posted on 03-08-06 1:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

self-pity को मेलै उल्टो अर्थ भनेछु है ।पश्चाताप अथवा आत्मग्लानी यि दुई मध्य कुने एक मिल्छ कि?
आज भोलि अलि फूर्सद नभएर नि :)संझनाकोलागि धन्यवाद!गौतमजी र बीर्खेजी को अनुरोधमा यो गन्थन टक्र्याएकीछु।
यहाँ हरुको प्रतिक्रियाको प्रतिक्षामा-----

प्रश्न?

मेरो बिहानीका
स्वर्णिम सपनाहरुलाई
तिम्रो पुष्पान्जली
भित्र पाउदा,
मेरो गोधूलिका
अनगन्ति
साँझ हरुलाई
तिम्रो शुभकामनाले
सार्थक बनाउदा,
हरेक पलहरुमा
कोरिएको
सिउँदो माथि
सिंगै इन्द्रेणी
तिमीले सजाइदिदा,
भाव विभोर भइ
चुपचाप
मुस्काइदिन मन लाग्छ।

आफूलाई नै बिर्सेर
जिईरहेछु तिम्रोलागि
आफूलाई नै रित्याएर
भरिदिन्छु तिमीलाई
तैपनि तुच्छ लाग्छ
यि सब भावनाहरु
तिम्रो त्यो आत्मियता
र उत्सर्ग को सामु
त्यो साथ अनि तिम्रो जिन्दगी सामू
जहाँ म हाँसि रहेछु ,
अनि त सोध्न मन लाग्छ,
के काफी छ तिमीलाई???
मेरो यो
प्रस्फुटित मुस्कुराहट
अनि,
मेरो विश्वास सहितको अटल समर्पन!!
 
Posted on 03-08-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजि बबालछ कबिता, भाबुकताले भरिएको।
जासुस् बोइ प्रीयसि को बेदना कसरि बिर्सने ग्रेट् तपाइको फीलिङ् प्रत्येछ्यदर्सिछ।
मिस् मि तपाइको कबितामा भयेको कडकपन्को कसरि प्रसन्सा गर्नु।।।
मलाइ त एकदम् प्रेरडामुलकलगिरखे कोछ तपाइहरु को यस लेखाइ बाट।
 
Posted on 03-08-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्य छन् उनि जसको लागि माष्टरनी नानीको मनमा यस्ता भावनाहरु उब्जेका छन्।
धेरै राम्रो र मिठो भाव!
:)
 
Posted on 03-08-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे_माइला को कविता कता गयो।
 
Posted on 03-08-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जासुस जी, अहिले त छैन लेखौँला नि
तपाइँ टाँस्दै जानुस न है :)
 
Posted on 03-08-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदीको कविता गज्जबको लाग्यो, अत्यन्त भावपूर्ण एवं मीठो शैली।

गोतामेज्यूको 'सप्ताह' राजनीतिक व्यंग्यले भरिपूर्ण र मनोरन्जनात्मक छ।

माईल्दाई, जासूस केटा, नुईटेका कविता पनि राम्रा लागे।

आफ्नो त कविता लेख्ने फुर्सद भैराख्या छैन अचेल, स्कूलमा छँदा लेख्या पुरानो एक हरफ सम्झेर लेख्दैछु, बाँकि त बिर्सें....

मलाई काँक्रोले झैं थाँक्रो चढ्ने जरूरत छैन
म पीपलको वृक्ष झैं खडा रहन्छु एक्लै
मलाई उपियाँले झैं अरूको रगत चुस्ने मन छैन
म त बाँच्छु स्वाभलम्वी भै पिई पसिना आफ्नै
 
Posted on 03-08-06 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>यो self-pity लाई नेपालीमा भन्दा "आफैँ प्रति टिठ लाग्नु" नै हुन्छ होला।
>एकै शब्दमा भन्न पनि मिल्छ कि?
>जान्ने गुरुहरुको आँखा परे केहि जानकारी झर्थ्यो कि।

झर्रो पनि मिसाउने हो भने "आत्म-टिठ" भने भईहाल्यो, नत्र "आत्म-करुणा"

समानार्थी नभए पनि निकटार्थी पक्कै छ ।
 
Posted on 03-09-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अज किन सब जना सान्त, सबैको धागो सकियो कि कसो।।।
ल ठिक छ यो सानो धागो।

पुकार

पुकारहो यो एक गरिबको
धन्को गरिब् भनुम् कि मन्को
कथा हो यो उस्को एक् बिबस्ता को।

जिबनमा एक् मिर्गत्रीस्नाले छाएको छ
पैताला तेतैतिर लम्किने खोज्दछ
लम्किने पैलाहरु बिचैमाअड्किने भान हुन्छ।।

आधिहुरि आयो
गडेङ् गुडुङ् आयो
भयेको घर पनि उहि आधिहुरिले बगायेर लग्यो।

अब छैन कुनै गास
नत बस्नको लागि बास
नैत लगौनको लगि कपास।।

आज एक्लो भयेर हिडेकोछ
दुख र पिडालाइ गुन्टा भित्र लुकायेर
आफ्नो उज्यालो दिनहरुलाइ पर्खिरहै छ
हातमा एक पानस्को दियो बोकेर।

आज यस्तो अबस्था आइरहेछ
दिन्को उज्यालो र रातको अध्यारो छुट्याउन गाह्रो भैरहये छ।

उज्यालोको प्रतिछ्यालाइ आधार मनेर
आखा भरि सितका थोपा लियेर
हिडिरहेछ त्रासले भरिएको सपनालाइ बिपनामा लीएर।।
 
Posted on 03-11-06 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली कान्छा,
राम्रो कविता लेख्नुभो, अरू पनि लेख्दै गर्नुस्।

म चैं यौटा अर्को कविता लिएर आएँ, आजै लेखेको, अलि प्रतीकात्मक भएछ। प्रतिक्रिया दिनुहोस् है मित्र हो!

पुरातन सालिक

कृतृम अन्धकारको घेरा
चेतनाको प्रकाशले तोडेर
दासत्त्वको मोटो जन्जिर
आँटको करौंतीले फोडेर
गरीबी, अज्ञानता र थिचोमिचो विरूद्ध
छुवाछुत, असमानता र अन्याय विरूद्ध
समुद्रमा उर्लिएको भयंकर छाल झैं
कोलाहल मच्चाउने त्रासदीपूर्ण काल झैं
चीलले उचाईबाट चल्ला झम्टे झैं
झम्ट त्यो दासता र क्रूरताको
निर्दयी सालिकमाथि
र मिल्काईदेऊ तिनका ढोंगी आश्वासन
झूठा प्रतिज्ञा अनि कपटी प्रलोभनलाई
इतिहासका थोत्रा पानाहरूमा,
अनि बन्नदेऊ त्यसलाई केवल
संग्रहालयको एक ‘शो पिस’।

सयौं वर्षदेखि त्यही सालिकले,
त्यही निर्जीव सालिकले
अन्यायको जाँतोमा पिंधिरह्यो तिमीलाई
तर तिमीले केही चाल पाएनौ
त्यो सालिक हो भनेर पनि थाहै पाएनौ
तिमीले जति जति जयजयकार गर्दै गयौ
त्यो उति उति तिमीमाथि लड्न खोज्यो
जब तिमीलाई भार महसूस भयो
र टाढा सर्न खोज्यौ
तबसम्म उसले तिमीलाई
पूर्णतया: जकडीसकेको थियो
र तिमीलाई भरिया बनाइसकेको थियो
अब तिमी उसलाई बोकी अघि बढ्न सक्दैनौ
उसको अजंगको भारले तिमीलाई थिच्छ
उसको कुटील उद्देश्यले तिमीलाई किच्छ।

त्यसैले यो पुरातन सालिकलाई अब
मिल्काइदेऊ तिमी इतिहासको पानामा
नझुक्किऊ तिमी उसका चिप्ला शब्द
अनि ढोंगी राष्ट्रवादको गानामा
तिमी अब यो सालिकबिना नै
अघि लम्किन सक्छौ प्रगतिपथमा
तिमीलाई अब इतिहास कोर्न
कुनै सालिक चाहिंदैन
इतिहासलाई अब अघि बढ्न
कुनै सालिक चाहिंदैन।

 
Posted on 03-11-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली कान्छाजी, आँधीहुरी सकिएर ऊज्याला दिनहरु अबश्य आउनेछन्!! राम्रो भावना! अझै पढ्न पाइयोस है?

चित्रे,
हुन त म पनि सिकारु हो तर अहिलेको तपाईँको कविता हेर्दा मलाइ तपाईँको कवितालेखनमा वयस्कता थपिँदै गएको जस्तो लाग्यो! धेरै राम्रो छ भावना र कविता बुनाई दुबै!

म संग केहि छैन अहिले! कविता बनाउँदै गरेको खेस्रा राख्दै छु है त :)

अनिश्चितता-

तिम्रो आँखाको आमन्त्रण!
के म मात्रै हुँ त,
यसको भावमा डुब्ने?
तिम्रो हाँसोको सुन्दरता!
के म मात्र हुँ त,
यसको छायाँमा बाँच्ने?
तिम्रो बोलिको मादकता!
के म मात्र हुँ त,
यसको नशामा लठ्ठिने?
तिम्रो चालको लचकता!
के म मात्र हुँ त,
यसको तालमा मात्तिने?
हे सुकुमारी!!
प्रतिस्पर्धा मलाइ गर्नु छैन यहाँ
किनकी मलाइ थाहा छ,
यो भिडमा म अलि अलग छु
तिम्रो माया बोकेर उभिएको!
तर आत्तिन्छु; कहिँ कतै
भिडको पहिलो व्यक्तीमै,
तिम्रो यात्रा टुङ्गिन्छकी भनेर!!

 
Posted on 03-11-06 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्नु पीर परेछ माहिला साहु लाइ
त्यतिका डर छ भने त तछाड-मछाद गरि line को first मा पुगि बस्नेनी हजुर :)
 
Posted on 03-11-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नुईँटेजी, के गर्नु भिड छ तर एक्लो छु जस्तो लाग्छ :)
 
Posted on 03-11-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेन्सन् नलिनुस्, तपाईको लागि म wingman बनिदिउला। नाथे भिड मेरो अगाडि टिक्दैन
 
Posted on 03-11-06 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे नुइँटे जी!
नुइँटेजीको नयाँ कविता छैन?
 
Posted on 03-11-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छैन हजुर, कलम नटिप्या अलि दिन भयो। आजकल अरुका रचनामा मस्त भई बस्दै
 
Posted on 03-12-06 4:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters