[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 547689 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 10-29-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झटारोको चटारो भन्या चैं क्या हुन कुन्नी? हुन त आफुलाई चहिने कुरो बुझे भइगो नि। कथा ढिलो भयो भनेर धेरै कर कर नगर भन्या त होला नि। Suspance मा लगेर बाँकी पछी.... भए पछी हुँदैन त उलुतुलु? यो नयाँ भाग पढ्न पाएर धेरै राहत भयो। चटारो कम भएको बेला टाँसी हालौं है अर्को भाग। तिहारको शुभकामना!

 
Posted on 10-29-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झटारोको चटारो भन्या चैं क्या हुन कुन्नी? हुन त आफुलाई चहिने कुरो बुझे भइगो नि। कथा ढिलो भयो भनेर धेरै कर कर नगर भन्या त होला नि। Suspance मा लगेर बाँकी पछी.... भए पछी हुँदैन त उलुतुलु? यो नयाँ भाग पढ्न पाएर धेरै राहत भयो। चटारो कम भएको बेला टाँसी हालौं है अर्को भाग। तिहारको शुभकामना!

 
Posted on 10-29-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ  प्रभो ।
बांङ्गे संग द्दौसी गएन, त्यो अध्याय पनि फुकौ न!! सेटिस हुईन्छ क्या!!
 
Posted on 10-29-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ  प्रभो ।
बांङ्गे संग द्दौसी गएन, त्यो अध्याय पनि फुकौ न!! सेटिस हुईन्छ क्या!!
 
Posted on 10-29-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ज्ञापन तिर पनि लाग्नु पर्‍यो यसो एक छिन। 

miss_ me,

"आज भोली  हउर्ले कबितालेख्न छोडेको हो?"

पोर परारै कबिता कम्ती लेखिएन नी नारन! तर आफुले उ बेलाँ लेख्या कबिता अचेल अर्कैले घोक्छ अरे अनि फेरी पोर परारै अर्कैले लेख्या कबिता अचेल आफुले घोकिएला भनेर कता कता च्यास्स हुन्छ। डर घोक्नेको हैन पाठ बुझाउन पर्ला कि भनेर हो। एक दुईटा कबितामा मन त छ बसेको लेखी हाल्न चै भ्याको छैन।  

***
अनि अमिरन र बब्ली रिसा त होइन होला नी?

***

Birkhe_Maila,

"हाहाहाह त्यो जमाना याद आयो!"

याद आउने भनेकै त्यै चिप्ल्या जमानाको त हो त जिम्माल, भोलीको याद आजै आउन थाल्यो भने त खत्तम भएन?

"अनि जिप्पर आजकल कत्तिको बिग्रन्छ प्रभोको?"

म पनि प्रभोलाई यही सोधम भन्दै थिएँ।  खाली निउँ मात्रै फरक त हो नी, कसो प्रभो? अनुभवी प्रभोलाई हाम्ले केही भनम "झ्याँक्ने, ईन्द्रलाई स्वर्गको बयान?" भनेर प्रश्नको बज्रमा परीएला कि भन्ने डर लाग्छ। :)  

अब पैले पैले एउटा ठाउँलाई मालधारा भन्थे अरे -- धेरै मालहरुले नुहाउने भएर -- तर प्रभोले आफ्ना  दुतहरु सहित त्यै धारा हुँदी अनबरत रुपमा बिचरण गर्न थालेसी त्यो धारा तिर सुन्दरीहरुलाई जान काल जस्तो लाग्न थाल्यो अरे। धाराँ दुतमात्रै फेला पर्ने हुन कि स्वयम यमराज नै आउने हुन भनेर बालाहरुको कोमल मनमा कोलाहल मच्चेको रे। अन्त धाराको नाम नै कालधारा हुन पुगेको अरे भन्थे।

*~Spring~* ,

"lol bange puran aayecha. Daami cha ."

के दामी हो? पुरान कि पण्डीत?

harikancha ,

"deep ko sabai katha ko silent reader ho........."

जय होस प्रभो। साइलेन्ट रिडर भन्या मन्मनै पढ्ने भन्या हो कि? त्यसको मजा बेग्लै है प्रभो? म पनि सुन्दरीहरुको साईलेन्ट रिडर हो नी पैला पैला -- साइलेन्ट रीडिङको अनुभव छ म सँग पनि। :)

साईलेन्ट रिडर भए सम्म त ठिकै हो प्रभो, क्लोज्ड रिडर भन्या आँखा बन्द गरेर पढ्ने क्या त्यस्तो भैयो भने पो मार्यो त।

Neural ,

"Waiting for Shubhechhya's aagman"

खै प्रभो, उही बेला देखी लाईनाँ लाग्नेहरुको त -----अब यती बेला आएर वेइटिङ फोर आगमन भनेर के होला र?

अरुहरुलाई मैले बिर्सेंको छैन। फेरी आउँछु, आभारका फुलहरु लिएर। 

 


 
Posted on 10-29-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ज्ञापन तिर पनि लाग्नु पर्‍यो यसो एक छिन। 


 
Posted on 10-29-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji risaune kura chai k ho maile ta bujhina lau tara guess gare la...


 
Posted on 10-29-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji risaune kura chai k ho maile ta bujhina lau tara guess gare la...

Story ali chado post nagareko bhayera bhaneko hola jasto lagyo, tara pakka ho bhanna chai sakdina, matra aadkal kateki hu.

Ani story ta aati ramro bhairako chha bai .

Ani Deep ji katti sogho bai maiti bhanda ekchin ta......

Bange le aaba ta cheti sake holan ni bihe bhaki lai takna ,tetro mahankal ko kura maile ni kaha birseko chha ra ni,

Lau j hos aaba chai post garum la ali chitto.

Aaphno ta sajha ko katha kurerai din bitirachha aahile

Yeso sallaha mageko padnako laagi kasaile ni sujhab dine samma sochenan .Tesaile aahile ghar ma basyo barambar sajha click click garyo ani aaru ta testai ta ho ni

 

 


 
Posted on 10-29-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo bange lai khasalera afule chalam justo lagyo - motor cycle.

Great -as always !!


 
Posted on 10-29-08 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyo bange lai khasalera afule chalam justo lagyo - motor cycle.


 
Posted on 10-29-08 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dil khus bho prabhu


 
Posted on 10-29-08 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dil khus bho prabhu

keep it up


 
Posted on 10-30-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'आफुले उ बेलाँ लेख्या कबिता अचेल अर्कैले घोक्छ '

:)

ओ हो हउर्को कबिता अरुले नै घोक्छ रे?  मोहनी लाओ  छ कि भन्चु। राम्रो भओ नि त  शब्दले मात्रै  भएनि चिनचान गर्ने मौका पाएछन।झन अब लेख्नु पर्ने भयो नि फटाफट मन बसेको कबिता - जति धेरै लेख्यो उति धेरै चाहिने होला फेरि --घोक्ने मान्छे लाई के । 

अनिखेरि बांगे अब साइकल छोडेर मोटरसाइकल मा?  गज्जब! निकै चाख लाग्दो भैराछ त --ल छिट्टै पढ्न पाम  है त अर्को भाग पनि।

तिहारको धैरै शुभकामना हजुरलाई!


 
Posted on 10-30-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

''आफुले उ बेलाँ लेख्या कबिता अचेल अर्कैले घोक्छ ''


 
Posted on 10-30-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-30-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rajug,

"malai pani Suveksha ko aagman herna man lagya chha..."

मन त लाग्ने नै भो नी प्रभो -- तर के गर्नु उ नआउन्जेल पर्खिनै पर्यो। पर्खिने धेरै आउने उ एक्ली परेर धेरैको हिसाब बिग्रेला जस्तो छ ---

हौसलाको लागि धन्यबाद।

 

nakkali108 ,

"College मा अर्को सेक्सनका केटाहरुलाई ३ च  (चीया, चुरोट, चप) भनेर खुब जिस्काईन्थ्थो..."

अनि आफ्नै सेक्सनका युबकहरुलाई चै ३ स (सम्मोहन, स्पर्शानुभुती, सहभाव) ले हुरुक्कै पार्ने गर्या थियो की? हे राम नी --

jira ,

"bangay lay colombo plan nai milaidyo ki :-)"

बाङ्ग्या प्लानको त के कुरा गराई भो र प्रभो? हाडीगाउलेहरुको प्लान त बुझेकै छ नी प्रभोले पनि --त्यस्तै हो --मिनोसोटाको जाडोमा ज्यान रन्काउनेहरुको कथा पनि यसो जाओस न -- जिरा भनेर लेख्न नमिल्ला--ठिकै छ-- हिरा भनेर पेल्दिम न ---- हँ प्रभो?

kHusHii,


त्रि-खित्काको लागि धन्यबाद। नेस्ट्याम चारवटा पुगे छन भने परगती भा बुझ्न पर्ला केरे--

cheli ,

"sakieko ho???? "

खै अब सकिएको भनम् भने बाँकि छ, बाँकि छ भनम भने चुक्ता भैसक्यो भन्छन अरे -- यस्तै छ।

fucheketo,

"बाङ्गे आयो बाङ्गे आयो ।।।।साझामा फेरि बांगे आयो ।।।।।।"

लंगुर बुर्जाको खालाँ पुलिस आ जसरी नारा लार प्रभोले झन्नै गोटी र खाल च्यापेर मन्दिर पछाडी हामफाल्न पुग्या म ---

pjna007,

" ehe college ni jane garya raicha :P"

के सारो हेपेको हो --आम्मामामा!  कलेज त हामी नौ कक्षा पढदा देखि नै जान थालेको -- बेलै देखि प्याउटीस गरे पो ट्याउटीस लाउछ पर्या बेलाँ भनेर --

Birkhe_Maila,

"लौ न प्रभु, अन्तरध्यान भैद्या?"

प्रभो--हामी जस्ताले कहाँ अन्तरध्यान हुन पाउनु? मध्यान्तरमा समेत काम गर्नु परीरा छ झन ---

nAyAni,

"Sel roti khana laagnu bhayo ki dheusi khelna janu bhayo? Dherai din bhayo arko bhag ta aayena ta. Akha tattai sake herda herda. "

अब "दीप, म कहाँ देउसी खेल्न आउ सेल रोटी पनि खान दिम्ला" भन्या भए त्यस्तो आँखालाई बल पर्दैनथ्यो नी -- सेल रोटी ख्वाउन चै गार्हो मान्ने -- अनि काँ हुन्छ -- जता बोलाथे उतै जानु परेन?

नाममा दुईटा चैं हलक्क हुर्क्या "ए" रछन -- के अर्थले होला नी नारन!

spirit ,

"Deep ji Suvekcha lai  nai leyera hidya jasto cha.."

आहा! कस्तो राम्रो बिचार आउने मन रछ --


 

 

 


 
Posted on 10-30-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी,

ei ta deepdai khai ta arko bhag? "
 
 
हैन बुढेसकालाँ ल्यासे पाउँको अर्को भाग खोज्या हो कि क्याहो यत्ति बाहीर जिब्रो निकालेर?
प्रभोले एडभान्सड फिजिक्सको किताबाँ माधुरी दिक्षितको जिल्दा हाल्या थ्यो रे भन्थे -- हँ प्रभो?
 

"भनेसि बाङ्गेलाई सत्र पर्यो जस्तो छ। कसलाई च्यापेछ हँ?"

त्यै त प्रभो---च्याप्नेले एउटालाई उ बेलाँ च्यापी, त्यो चेपाईमा हामी अहिले सम्म पर्या छम -- के गर्नु--

*~Spring~*,

"yespali chai bange ko puraan purna  hola jasto cha lol. "

बाङ्गे पूराण पूर्ण र चूर्णको द्वन्दात्मक प्रेमबादमा आधारित छ।

nAyAni,

"झटारोको चटारो भन्या चैं क्या हुन कुन्नी? ....Suspance मा लगेर बाँकी पछी.... भए पछी हुँदैन त उलुतुलु?"

अनि यो "Suspance" र "उलुतुलु" भन्या चै क्या हुन नी?

somewhereondearth ,

"बांङ्गे संग द्दौसी गएन.. "

किन नजानु? बबाल हुन्थ्यो नी प्रभो -- कति दिन सम्म भन्नेहरुले गतिछाडाहरु भनेर् बचन लाउँथे ---- बाङ्या संगतमा सोझो हुन खोजेर के हुन्थ्यो?

amiran,

"Bange le aaba ta cheti sake holan ni bihe bhaki lai takna ,tetro mahankal ko kura maile ni kaha birseko chha ra ni,"

माहाँकालको कुरा बिर्स्या छैन रे? अनि घर कि माईती त त्यता?

shirish ,

"tyo bange lai khasalera afule chalam justo lagyo - motor cycle."

हो प्रभो, मुनासिब हो कुरा।  प्रभो बाङ्गेलाई खसालेर मोटरसाईकलाँ जाम, म चै तरुनी सँग बरु ट्याम्पुमै जाम्ला। हुन्न?

ek@l,

"dil khus bho prabhu"

उदार रहेछ प्रभोको दिल -- त्यसरी तरुनीले अर्कैलाई मोटरसाईकलाँ च्यापेर हिन्दा नी दिल खुश हुने भनेसी -- हाम्लाई त रिस उठ्याथ्यो --

miss_ me,

"अनिखेरि बांगे अब साइकल छोडेर मोटरसाइकल मा?"

अचेल त मोटरसाईकल पनि छोडेर पाडोमा रे -- ए! पाडो हैन प्राडो रे --

 

 


 
Posted on 10-30-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
सान्नानी
Posted on 10-30-08 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हैन बुढेसकालाँ ल्यासे पाउँको अर्को भाग खोज्या हो कि क्याहो यत्ति बाहीर जिब्रो निकालेर?"

mero budheskal bhe deep DAIko ke kal ni?


 
Posted on 10-30-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्या सान्नानि यस्तो? दीप दाई त दाई भन्या पो त गाँठे, मलाई हजुरबा भन्या जस्तो, अब उमेरकै कुरो गर्दा त हाम्पनि ठिटै छम क्यारे! कि कसो दीप?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters