[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 159964 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 03-30-06 5:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त नास्तिक पो रहेछु

शायद कुनैदिन
रसाएका ति बुद्धका आँखाले
हर्शको शन्ख फुक्नेछन्,
अनि
महादेवको सिरबाट गंगाबगिआएर
दशलाख नरकंकाललाई बगाइ लग्लिन

तर
दसहजार बर्षको तपस्या
उहि हर्के, बिर्खे र मुन्तलिको कर्म

छल-कपट, बायुयन्त्र र अप्सरा
इन्द्रगणको धर्म

उतातिर,
हाम्रो बिष्णुको अवतार
सेशनागमाथि सवार
हेर्छन् , नारदगणको मनोरन्जन...
लक्ष्मीको बलत्कार
उनलाई त के मत्लव, यो दुनियको पुकार

आखिर,
दैब हुननि गाह्रो हुंदोहो
तुच्छ मनुश्यको गनथन सहन
साह्रो अप्ठ्यारो हुंदोहो

भन्छन्,
त तिमिलाई आज दानव् ले पिरोल्यो?
यो रातो अग्नि ले सब अङ्ग पोल्यो?
अब श्री राम को कृपा ले
तिमि ओखति खाउ
सुदर्शन् चक्रको फाँसि
गर्दन मा लगाउ
यो कुरा सुन्नेलाई सुनै सुनको माला
नसुन्ने मुर्खचाहि बैकुण्ठ जाला
 
Posted on 03-30-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद् नुइँटेजी!
ठिक ठम्म्याउनु भो!:)

हे हे हे मेरो नाम पनि आएछ तपाईँको कवितामा त? :P

हाम्तो बिष्णुको अवतारको कुरै नगरौँ नुईँटेजी, तपाईँ मात्र हैन सबैलाई नास्तिक बनाउन
पर्याप्त छ!
 
Posted on 03-31-06 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई चैँ यही मुन प-यो।
---
तिमी भोको पेटलाई अन्न दिन सक्तैनौ
र तिमी नै भोको पेटको बहानामा,
बन्दुक समाउँदै दौडन्छौ!
अनि अर्को भोको पेटको हत्यामा भोज गर्छौ!
तिमी नै आतंक मेटाऊने बहानामा,
झन आतंक मच्चाउँछौ
र रगतको आहलमा पौडि खेल्छौ!
बुद्ध देश! बुद्ध देश!
ऊफ!

---
 
Posted on 03-31-06 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छ बिर्खेजी। वर्तमान विश्वमा अमेरिकाले खेलिरहेको भूमिकाको वयान गर्नु भयो जस्तो लाग्यो मलाई। हो ?

.तिमी नै गाँस खोस्छौ
र तिमी नै पिठोका बोराहरु झार्छौ।
उठेको भुँडि र गन्न सकिने करङ्ग,
शायद तिमीलाई प्रिय लाग्छ।
 
Posted on 03-31-06 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नुइटेजी, सहि विचार राख्नु भएको छ। धर्म संगठित भयो भने यस्तै हुन्छ, पाखण्डहरु यति धेरै थपिन्छन् कि, अलिक सोच्ने मान्छे बरु नास्तिक हुन रुचाउँछ।

आस्तिक र नास्तिकको परम्परागत परिभाषालाई हेर्दा म पनि आफूलाई नास्तिक ठान्छु। तर यो बिशाल ब्रह्माण्डको यति सुन्दर र सन्तुलित संचालन देख्दा कुनै रहस्यमय शक्तिपुञ्जको आभाष भने भईरहन्छ हरपल।
 
Posted on 03-31-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिमी जन्मेको पल"

तिमी जन्मेको पल मैले-
सूर्य, चन्द्र र ताराहरुबाट
दिन, रात, साँझ र बिहान भन्दा फरक
नयाँ आयाममा समयबिस्तार पाएँ,
तिमी जन्मेको पल मैले-
कमलझैं रात फक्रिएर आकाश खुल्दा
हजार स्वप्नपुष्पहरुको अवतरण देखें,
तिमी जन्मेको पल मैले-
तिम्रा कोमल आँखाहरु डुलाएर
नयाँ सुन्दर संसारको दर्शन गरें
तिमी जन्मेको पल मैले-
मेरो काखमा निदाएको रात देखें
मेरो छातीमा ब्युँझिएको आकाश देखें।
 
Posted on 03-31-06 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ शुतुरमुर्ग

आत्मरतिको बालुवामा
टाउको मात्रै हैन
पूरै जीऊ गाडेर
पैताला आकाशतिर फर्काएकै भरमा
अझै आकाशमै छु भन्ने भ्रममा छ
मेरो बलौटे इतिहासमा आज
भुत्ला समेत खुइलिसकेर
छरपष्ट अश्लील लाज छरिरहेको
नयाँ खालको शुतुरमुर्ग
नयाँ नेपाली शुतुरमुर्ग।
 
Posted on 03-31-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब अनुभूति स्वयं बोल्छ, त्यो आत्माले सुन्छ । प्रत्येक हरफ आत्मस्पर्शी !

.

 
Posted on 03-31-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे गुरु, धन्यवाद। निसन्देह त्यो पलले मलाई अत्यन्त तिखो र गहिरो आध्यात्मिक झट्का दियो। त्यहि अनुभुतिलाई शब्दाकार दिने कोशिश हो मेरो।
 
Posted on 04-01-06 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् दादा!
तपाईँले मन पराउनु भएको हरफ मैले मेरो देश सम्झेर लेखेको थिएँ यो बिश्वको बयानमा!
**********
धन्यवाद् गौतमजी!

वास्तवमा तपाईँले बुझ्नुभएको ठिक हो। साथ साथै त्यसमा मैले अझ थपेको थिएँ अर्को हरफमा-
तिमी नै दासत्व हटाउँछौ
र स्वतन्त्रताको बिगुल फुक्छौ!
अनि तिमी नै,
दक्षिण पूर्वमा यौन दासि बनाउँछौ
र पुगेको ठाउँमा जरा गाड्छौ।
आफैँ परजीवी बनेको आभाष छैन तिमीलाई,
तर तिमी रक्तदान गरेको स्वाङ्ग पार्छौ
र आफ्नो व्यभिचार लुकाउँछौ!


यस्तै, विभिन्न युद्ध र गृहयुद्धमा बल्झिएका ठाउँको बयान गर्न खोजेको थिएँ मैले!
****************
अब तपाईँको कवितामा जाउँ!

तपाइँको पहिलो कवितामा मैले अनुराग देखेँ, प्रेम भेटेँ र खुसिको चरमोत्कर्ष देखेँ!
मलाई अनुभव छैन अहिले सम्म त्यो क्षण कस्तो हुन्छ तर पनि त्यसको आभाष भेटेँ!
********

नेपाली शुतुरमुर्गको वर्तमान अवस्था! गजब छ!! :)
 
Posted on 04-05-06 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा गन्थन!

समय-

एक्लोपनाको लामो यात्रा
हिँड्दै जाँदा,
बिश्राममा कयौँ पटक म रोकिन्छु।
कुनै डाँडाले मोहित गर्दा,
समथर खोज्दै हिँड्छु,
कुनै समथरले मलाई बोलाउँदा,
म पहाड कुर्दै पर्खन्छु!
उजाड जमीनको यात्रामा,
म तिर्खाउँछु र छट्पटाउँछु
तर खोला भेट्ने बित्तिकै,
म पानी देखेर डराउँछु!
यस्तै यात्राको थकाईले,
म कतिबेला निदाउँछु थाहा पाउँदिन
र उठ्दा थाहा पाउँछु,
घाम त डाँडा माथि पुगिसकेछ!!

 
Posted on 04-05-06 3:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै हो बिर्खेजी, जिन्दगी यसैगरी जानसक्छ, ध्यान पु-याएन भने।
***************************************************


आज अलि फरक खालको कविता राख्दै छु। कलापक्ष कम, आक्रोशमात्रै बढी भए माफ पाऊँ।

"गाऊँ पस्छ अब शाही सेना"

दुई सय वर्ष बितायो-
दरबारको ढाक्रे भएर र
ब्यारेक अघिल्तिरका रुखहरु पोतेर
अब त साँच्चै तातेजस्तो छ नि!
(यी.... भुत्रो!)
गाऊँ पस्छ अब शाही सेना,

माओवादीले ढुट्याएछन्
बन्दुकजति मुठ्याएछन्
राजमार्गमा लम्पसार-
लाश गन्छ अब शाही सेना
तल माथि पारेर टाउकाको संख्या
जीत घोषणा गर्छ अब शाही सेना
गाऊँ पस्छ अब शाही सेना,

गाऊँ पस्छ अब शाही सेना
चौतारीमा भेटेजतिलाई भकुर्छ
र पसल अगाडि भटटट... पारेर
मूठभेडको नया समाचार-
काठमाण्डुतिर फ्याक्स गर्छ शाही सेना
गाऊँ पस्छ अब शाही सेना,

गाऊँ पस्छ अब शाही सेना
फूलमायालाई देख्छ घाँसे पहिरोमा
झम्टेर बलात्कार गर्छ
(जनरक्षाको शाही शैली हो यो!)
हिँड्ने बेला कञ्चटमा प्वाल पारेर फूलमायाको
आफ्नो 'बायोडाटा'मा-
'महिला कमाण्डर' एक थप्छ शाही सेना
गाऊँ पस्छ अब शाही सेना,

गाऊँ पस्छ अब शाही सेना
दु:खबहादुरलाई भान्साबाट घिसार्छ
गरीबप्रसादलाई ओछ्यानबाट थुत्छ
आँगनमा सोत्तर पारेर दुबैलाई
रातो झण्डा ओढाईदिन्छ शाही सेना
गाऊँ पस्छ अब शाही सेना,

गाऊँ पस्छ अब शाही सेना
माओवादी नभेटेर क्षुब्ध छ
(भेट्याभेट्यै हो यस्तो तालले!)
गोली त सिध्याउनै प-यो
(नत्र माओवादीले लुटिहाल्छन् नि!)
त्यसैले गाऊँले मार्छ शाही सेना
गाऊँ पस्छ अब शाही सेना
गाऊँ पस्छ अब शाही सेना।
 
Posted on 04-05-06 3:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कविता नेपाली जनताको चेतनाको आयामलाई गोर्खापत्र र रेडियो नेपालको सिमानामा कैद गर्न चाहनेहरुका
बिरुद्ध।

"गोर्खापत्र- कल्ले कतिपटक?"

पोहर एस.एल.सी मा गुल्टेको कालेले
यसपाली दोश्रोपटक छोला गोर्खापत्र,

सचिव हुँदासम्म शा.अ. डम्बरनारायणले
दशचोटि जति पढ्ला गोर्खापत्र,

अबला एकल धनमाया-
जाली जेठाजूले जग्गा हडप्न खोजेछ
माईती झिकाएर सुनी मात्र एक पाना गोर्खापत्र,

'विक्रम' र 'शमशेर' हरु ठान्छन्-
अरुलाई गोर्खापत्र कोच्याउनु तीनको अधिकार हो
आफू त किन घिच्थे र गोर्खापत्र?

यस्तै हो साथी!
गजब छ यो गोर्खापत्र
एक बाजी मैले पनि पढेथें
तिमीले कतिचोटि पढेका छौ गोर्खापत्र?
 
Posted on 04-05-06 5:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोर्खापत्र

आज मैले पढे गोर्खपत्र
दङ परें मेरो कति राम्रो फोटो छापेछ
येस्तो पो पत्रीका
राम्रा राम्रा फोटा छप्दै जाओस्
हमि जस्ता भस्ट्रा चारिको न छापे कस्को छपोस्

पत्रीका मा खुब गुणगान पढियो
मख्ख परियो
येस्तो पो पत्रीका
येस्तै खबर् छाप्दै जाओस्
भस्ट्रा चारिलाइ टेवा पुगोस्

जन्ता मोर्दै छन् भोकैले
येसले महल का भोजको गुणगान गाउदै जाओस्
येस्तो पो पत्रीका
भस्ट्रा चारिलाइ टेवा पुग्दै जाओस्

Its a first attempt hai kabita lekhne........................
 
Posted on 04-05-06 6:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउँको बाटो केहिदिन नहिडेको, टन्नै घर थपिएछन्

" तिमी जन्मेको पल मैले-
मेरो काखमा निदाएको रात देखें
मेरो छातीमा ब्युँझिएको आकाश देखें। "

'हामिपनी भर्खरका ठिटा, बाउ हुने कल्पना मिठा' भन्न मन लाग्ने बनाइदिनुभो गौतमजिले :)
अनि गौतमजि, साचिकै गोरखापत्र त मैलेनि धेरै पढेको हैन, तपाइको गोरखापत्र चाहि ५ चोटि पढिसक्दानि अझै पढौं पढौं लाग्यो

" बिश्राममा कयौँ पटक म रोकिन्छु।
कुनै डाँडाले मोहित गर्दा,
समथर खोज्दै हिँड्छु,
कुनै समथरले मलाई बोलाउँदा, "
माहिला साहु, the grass is always greener on the other side है,
तर my observation has been that the greener the grass, the more THC it contains :)
 
Posted on 04-05-06 6:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनामिज्यु, अरुपनि जाओस् है
 
Posted on 04-05-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साउने वर्षा



आजभोलि नेपालमा बर्षा ज्यादै बढेको छ
आफ्नै सन्ततिबिच
साढेको हुकार जस्तो व्यबहारले
नेपाल आमाको क लेजो फाटेको छ
आमाको जलेको छाति शान्त पार्न
बादलले मुसलधार पानी बर्षायको छ
नेपालको धन जन सबै गुटु मुटु पारी
भारत पुर्‍याको छ
आमाको वेदना झन झन बढेको छ
अवीरल आशुको बर्षाले आज
आफ्नै रुप रेखा छी या छी या पारी
बाल बच्चा घर परिवार सबै बगाई लगेको छ
आफ्नै वेदनका आशुले आफैलाई डुबायको छ
 
Posted on 04-05-06 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे गौतमजी!
धमाका गयो! डाइरेक्ट प्रहार! :)
गजब छ!
गोरखापत्रको बारेमा ठिक कुरा गर्नुभो। शायदै तपाईँले भने जस्तो काम नपरि कसैले हेर्दैनन होला।
अहिले पनि म गोरखापत्रको वेब साईटमा जान्छु तर तुरन्त मधुपर्कमा क्लिक गर्छु।

बेनामी ब्रो अरु एटेम्प्ट पनि जावस!

धन्यवाद् नुईँटेजी
घाँसको मजा (धुम्रपान) निकै लिने गर्नु हुन्थ्यो कि के हो? :)

जासुस केटा कता हराएको आजकल?
 
Posted on 04-05-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow !!!!!!!काबिताहरु । म त निकै पछि परिसके फुर्सत नै हुदैन

गौतमजी कति राम्रो भाव..... त्यो पल नि आउछ जब आर्याले 'बाबा' भन्नेछिन..:D

आज मलाई थक्क लागेको मेरी छोरी जन्मिदा म कबिता लेख्न किन सोचिन भनेर।:)

"तिमी जन्मेको पल"

तिमी जन्मेको पल मैले-
सूर्य, चन्द्र र ताराहरुबाट
दिन, रात, साँझ र बिहान भन्दा फरक
नयाँ आयाममा समयबिस्तार पाएँ,
तिमी जन्मेको पल मैले-
कमलझैं रात फक्रिएर आकाश खुल्दा
हजार स्वप्नपुष्पहरुको अवतरण देखें,
तिमी जन्मेको पल मैले-
तिम्रा कोमल आँखाहरु डुलाएर
नयाँ सुन्दर संसारको दर्शन गरें
तिमी जन्मेको पल मैले-
मेरो काखमा निदाएको रात देखें
मेरो छातीमा ब्युँझिएको आकाश देखें।
 
Posted on 04-06-06 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

brikhe broda..ajkal ali ali busy chhu.. ;)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters