[Show all top banners]

Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SaruBhakta----"Bhaute"

[Please view other pages to see the rest of the postings. Total posts: 167]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 80242 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-03-05 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-१ (साझा बसिबियाँलो)

सरला पल्लो कोठामा अझै सुँक्क सुँक्क गर्दैथी। कोठा त खै के भन्नु, एक रातको लागि मात्र बना'को पराले छाप्रो नि अब। एउटा परालको भारिले मात्र लोग्ने मान्छे र स्वास्नी मान्छे सुत्ने ठाम छुट्ट्या'को थियो। ओढ्ने ओछ्छ्याम्ने सबै परालै पराल।
"ल ल अब नडरा, भोलि छेउघरे लामाकाँ लैजाम्ला तँलाई। अनि ठिक भैहाल्छ" सारुनी दिदीले सम्झाइन् तेसलाई। त्यो भने लगातार ह्वाँक्क ह्ववाँक् गरेको गरेइ।
"कस्ति केटी होली, जे हुनु भै'गो। कत्ति डराकि होली। यसको त सातै गएछ कि क्या हो!" मन मनै भुटभुटाएँ। तेस्का ह्वाँक्क ह्ववाँक् धेरै सुनेर कन्सिरि नै तात्न थालिसक्याथे के मेरा। मैले त राति हुँदो तेता नजाम् त भन्याँथेँ नि पहिले। त्यसैले कर गरेर जाम कि जाम गरी। फेरि जुन पनि आजै कस्तो टह टह लागेका नि । त्यसै घुम्न जाम् जाम् जस्तो के।
"गोबिन्दे आ'को भे यस्तो हुदैनथ्यो कि। "सरले र मेरो बिचमा गोबिन्देको आबश्यकता खट्केको आजै हो ल मलाई। नत्र त सँधै यो केटो किन हाम्रा पछि लाग्दोहोला भन्ने लाग्थ्यो। कहिले काहीँ त झनन्न रिस पनि उठ्थ्यो।

*** *** *** *** ***

"अहम्???.." सतम्कोटे माईला दाई घाँटि बजाउदै कोल्टो फेरे। सबैजना निद्रामा मस्त छन्, दिनभरिको थकाइले होला। मलाई मात्र छटपटी भै'रेछ। मेरा मनाँ फेरि कुरा खेल्न थाले। "यो केटी किन त्यसरि डराकी होली। खै मलाई त केहि डर लाग्याछैन, वा म केटा-केटी नै भे'र हो। म बल्ल आउने पुषमा १२ बर्ष। सरले चै ३ बर्ष ५ महिनाले जेठी" ।
मेरा आँखा जोडिएलान् भन्यो झन ठुला ठुला भे' जस्तो लाग्यो।

*** *** *** *** ***

म एकैचोटी खङ्रङ्ग तर्से। केको छायाँ परेजस्तो भो। यसो हेर्या त जुनलाई सानो बादलको भुल्कोले छोप्यारैछ। फेरि उज्यालो भो। यो बादलको पनि क्यै भर छैन के। कतिबेला आउँछ, पवित्र चन्द्रमाको सतित्वमा धावा बोल्छ र फेरि एकैछिनमा पानीको फोका जस्तै बिलाएर जान्छ।
यसो ठनासेको, सरले चैँ चुप लागिछे। घरि घरि नाक मात्र बजेको सुनेँ। केटीले बल्ल मन दह्रो पारिछे भन्ने लाग्यो, मन मनै खुशि भएँ, अब सुत्न पाइने भो भनेर।
उता फेरि मस्राङ्गी घुर्न थाल्यो, बाघै गर्जे जसरि। मेरो मन भने फेरि सरले तिरै। निन्द्रा भनेको पटक्कै छैन बा, के भा' हो कुन्नि।

*** *** *** *** ***

मस्राङ्गीले जोडले खोक्यो। अगि घुर्दा परालको झुर्का मुख भित्र पसेछ के त्यसको त। खोक्दै उठ्यो र "खाक्" गरेर बाहिर तिर "थुउउउ" गर्यो।
मैले आँखा चिम्ले जस्तो गरेर तेसलाई हेर्दै थेँ। त्यसले त सबैको कपडा झुण्ड्या'को ठाम्मा छाम-छुम गर्छ बा।
"होइन,यो त चोर हो कि क्या हो? हो रे'छ भने त आज चै फेला पर्यो है यो। न निधा'को ठिकै भे'छ। सरलेले अहिले सम्म ह्वाँक्क ह्ववाँक् गरेको पनि काम लाग्यो जस्तो छ" मन-मनै सरलेलाई पनि धन्यबाद दिएँ।
त्यसले त बिजुली खैनि पो निकाल्यो र मुखमा हाल्यो, अनि आफ्नै ठाममा गएर सुत्यो।
"यसले कसैको केहि चोर्दे त मैले पक्रेर पौरख देखाउँछु" भन्ने सोँचेको। मेरो मन खिस्रिक्क भो।

*** *** *** *** ***
-भउते
 
Posted on 08-10-05 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ! ल! ओखति आम्दै छ, एकछिन है। तातो पानी तताउँदै छु। :)
 
Posted on 08-10-05 6:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-८ (साझा बसिबियाँलो)

-भउते

धन्न गाग्री अलि तल बारमा गएर अड्क्यो। हामी त खुशि भएम नि। उता गाग्री बजेको सुनेर खोल्सा पारी बरालको कुकुर भुकेर हैरान फेरि। तिनेरुको २टा झ्याप्ले झ्याप्ले कुकुर थिए, भेट्टायोकि ङ्याप्पै पारिहाल्थ्यो। मुछेत्र तिरsट ल्याsका रे। बाँदर कुर्न भनेर पालेका। मान्छेलाई नै बाँकि नराखे पछि आजकाल दिउसोमा बाँधेर राख्थे।

"आबुइ ??. कुकुर आउने भो अब।" सरले डराइ।

"नडरा नडरा, दिम्सोमा बाँध्छन।" त्यसलाई सम्झाउदै यसो माथि सरेँ, अघि आsको बाटोतिर।

भित्र भित्र आफुलाई नि डर लाथ्यो, कतै आज कुकुर फुकै छ कि भनेर। त्यसैले आइहाल्यो भने सरलेलाई पछि पारेर अघि अघि भाग्न ठिक्क परेको के। कुकुर एकै ठाम्मा भुकिराखेको सुनेपछि बल्ल ढुक्क भएँ।

"तेरो गाग्री अघि गैहाल्यो, ला, यो ग्यालिन बोक्" मैले मेरो हातको ग्यालिन तेस्को डोकोमा राखिदिएँ।

*** *** *** *** ***

"बाटो भरि कटुसको काँढै काँढा छ, कसरी जाने होला अब। जाऊ चप्पल लगा'र आउ।"

"ह्याs जान्न। त्यत्रो उकालो चढेर। तँ अगाडि हिँड्न बरु, काँढा हेर्दै"

"कस्तो अल्छि हुन बाइ यिनी त। लौ यो मेरो चप्पल लगाउ।" सरलेले आफ्ना चप्पल मलाई दिई।
सरलेका बा का चप्पल लाsको जस्तै भो मलाइ त। तेस्का खुट्टा अलि ठुला थेs। गैँडा छाप चप्पल (हाम्ले त्यतिबेला भक्कु चप्पल भन्थेम त्यसलाई। पाउरोटी जस्तै भुक्क बाक्लो हुने भाsकोले।) त्यो पनि चुडेर मकैको खोस्टाले बाँधेको।

"तेरा गोडा त हात्तिका भन्दा ठुला रेछन्" मैले प्याच्च भनिहालेँ।

"कस्तो छुच्चो हो बाइ यिनको मुख त। भोलि पर्सि बिहे गरेसि स्वास्नीले छोडेर पोइला जान्छे, अनि बल्ल खान्छन्" सरलेले मेरो टाउकोमा प्याट्ट हानी। नदुख्ने गरि। मायाँले पिटेकी हो भन्ने बुझेर म चुप लागेँ। नत्र त तेसका भन्दा अगाडि मेरा हात फर्किसक्थे नि। फेरि बिहेको कुरा सुनेपछि मेरो मनै कस्तो कस्तो भो।

"खै ले, मेरो ग्यालिन मै बोक्छु।" तेसले चप्पल मलाई दिएपछि मलाई कस्तो कस्तो लाग्यो। बेर्थै ग्यालिन बोकाए जस्तो भो। आत्मग्लानी नै भो भनम न अब एक किसिमले ।

"पर्दैन पर्दैन अहिले। यो रित्तो ग्यालिन म बोकि हाल्छु नि के भो र।" सरलेले डोको बोकेर अघि लागी।

"मेरी प्यारी सरु" मन मनै रोक्न सकिन आफुलाई।

अलि तल पुगेपछि "तँ हिड्दै गर् म एक्कै छिनमा आउँछु है" भन्दै म यसो खोल्सा तिर पसेँ, कटुस खोज्न।

*** *** *** *** *** ***
क्रमश ...
 
Posted on 08-10-05 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पुग्दा तेसले पानी सानी भरेर ठिक्क पारिसकेकी थीs।

"के भयो चप्पल?" मेरो हातमा माछा जस्तै झुण्ड्याएको चप्पल देखेर सरलेले सोधी ।

"खै लेउ, मैले बनाम्छु" भन्दै नजिकैको लहरो तानी। एकैछिनमा त चप्पल फेरि रेडि।

"ल म डोको बोक्छु, डोकोमा गाग्री राखिदेउ है" सरलेले बसेर डोको म तिर फर्काई।

यसो गाग्री उचाल्न लाग्या त तुरुरुरु चुहिन्छ बा। अगि गुल्टेको, त्यसैले पिँधबाट चुहिनि भएछ नि गाग्री त।

"एs एs ल ल हात ले छोपेर राख त म जलु खोजेर ल्याम्छु" भन्दै खोल्सातिर झरी त्यो।

सरलेले जलुको पात र नजिकै फालिएका साबुनका टुक्रा मिलाएर गाग्रीलाई टालटुल पारी । पहिले त अडिन मान्याथेन, पछि कसो कसो गरेर बनाइ त्यसले। अहिले चैँ माने के तेस्को बुद्धिलाई मैले। चप्पल पनि बनाई, गाग्री पनि टाली। पढ्नमा गोबर भे नि घरेलु काममा चैँ खप्पिस नै हो ल त्यो ।

मैले गाग्री बल्ल बल्ल त्यसको डोकोमा राखिदिएँ। त्यो उठ्न खोजेकि त ढुन्मुनाउदै पर्खाल तिर पो पुग्छे केटी त। धन्न पर्खाल समाएर धानिई।

ल आइजे भन्दै मैले हात दिएँ। बल्ल बल्ल मेरो हात समाएर उठी केटी। छोरी मान्छे न हो बरा, जति फुर्ति गरे पनि सार त हाम्रै चाहियो नि।

अनि हामेरु पानी बोकेर गफ गर्दै उकालो लागेम।

*** *** *** *** ***

गोबिन्देले के गरि राsछ भनेर मैले यसो बारिको छेउ बाट लुकेर हेरेको त कपा-कप के पो खाइsरा ल त्यसले त।

"झ्याल्लास" भन्दै तर्साsको, हातमा लिएको दुनो फुत्तै भुईँमा खसाल्यो केटोले।

त्यसले त सरलेले दुनोमा छोपेर ल्याको बयँरको अचार पो खाइरा रैsछ ल, मज्जा सँग। दुनो सुनो खसेर अलि अलि बाँकि भाs नि सप्पै भुईँभरि नि, अब के भन्नि।

"कस्तो हो के बाइ यो, गोबिन्दे। अहिले खाजा सँग खाने भनेर ल्याsको अचार। ल हेर, सप्पै खाएछ।"सरलेले कपाल कुईँयाई त्यसको। मैले नि लात्तिले प्वाक्क ढाडमा हाने।

"मैले के रेsछ भनेर हेरेको मात्रै हो, सत्य ल। यो भउतेले तर्साएर पोखिएको" गोबिन्दे कराउँदै थियो।

त्यसको गालाँs अचार अझै टाँसिई राsथ्यो।

*** *** *** *** ***

:)
-भउते

 
Posted on 08-10-05 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोबिन्दे चाहि मन परो मलाई। केटीको पछि पनि नलाग्ने,पेटपनि बेलैमा भर्ने। भउते, पढ्न चाहिँ कस्तो छ नि गोबिन्दे?
---
ओके
 
Posted on 08-10-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
हा. टा. गरम् कि भनेको लेख्न मुन लायो, मनको कुरो नि।

यो कहानी सोच्दा सोच्दै उज्यालो हुन्छ ल भउतेको पराल मुनि।
खै केई लछरपाटो लाउलान् जस्तो मैले मान्या छैन। रे क्या!
 
Posted on 08-11-05 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



श्रीपञ्चवती महाराजको पुन: पदार्पण भएछ। मेरा हृदयमा त कता सानेश्वर प्रभुका नेत्रबाट
निस्किएका अग्निका ज्वालामा भष्म हुनुभएछ कि भनेर नानाभातिका विचारहरु खेल्दाथिए।

सुस्वागतम् ! अष्टवक्र सुस्वागतम् !

हे! आनन्दप्रदायी (ओके), बृन्दावन निवासि गोविन्द समयका पुर्वार्धमा कहिले दही, कहिले
मख्खन त खहिले बयँरका अचारमै मुग्ध हुँदा भए। अपितु समयका उत्तरार्धमा भने सोह्रसय गोपिनीका प्रतापले कष्टकर दिनचर्या ब्यतित गर्दाथिए।

हे ! चतुर्कालदर्शी (त्रीकाल+माओकाल) दादेश्वर गिरिष ! प्रभुका भविश्यवाणी देखि यो भउतेश्वर
चकित छ।

:)
-भउते


 
Posted on 08-11-05 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिड्दा हिड्दै बाटोमा एक कामासुर दानवले बाटो काट्यो . अनि शिब-बुटीको सुरमा यसलाई सोमरस चखाइदिन्छु भनेर नाना भाँति कर्म गर्दो भएको त मसानका फेला परियो फेरि.
बल्ल बल्ल आखिर मुक्त हुन पाइयो, भौत महाराजका पुण्य प्रार्थनाका प्रतापले .

 
Posted on 08-11-05 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो कैलाशपतिकी

दाईं गरम्,पुल्टुन्पाली गरम् ,गुल्ट्याम् , माडम् (Lets keep on rolling...)
 
Posted on 08-11-05 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म केवल पढ्छु , केहि बोल्दिन तर सबै बुझ्छु !!
 
Posted on 08-11-05 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पैलाई धन्यवाद है (मौन पाठकलाई पनि) । अर्को भाग पस्किने जमर्को गर्दैछु।
 
Posted on 08-11-05 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त-८ (साझा बसिबियाँलो)

"तिमी यैँ बस भो भउते, यो गोबिन्देले त काँचो चामल सामल खान नि के बेर! म आर्को खेप पानी लेsर आम्छु" सरलेले गाग्रीको पानी बाँटामा खन्याम्दै भनी।

"ल ल जा, मैले हेर्छु यसलाई" अगिको थकाइले अहिले त सरले सँग जान पनि मन लागेन।

सरले गैसकेपछि गोबिन्देले माथिल्लो गह्रोबाट यता आs त भनेर हातले इशारा गर्यो।
"मैले एउटा कुरा भन्छु, सरलेलाई र घरमा नभन् है"

पैला त यसले त्यो बाँकि भाsको घिउ पनि बाँडेर खाम् भन्न खोजेको हो कि भनेर "पर्दैन, पर्दैन, मैले कुरा बुझि सकेँ। तँलाई ओहोरा खान मुन छैन भने जा" भन्दै फेरि तल्लै गरामा झरेँ।
"कुरो सुरो बुझ्न छैन, त्यत्तिकै" गोबिन्देले ओठ लेप्र्यायो।

"आइजे न आइजे, मेरो कुरो त सुन्न पैला" सारै कर गरेपछि फेरि म त्यसको नजिकै गएँ।
"लु भन् न त भन् के हो।"

"अगि मैले दाउरा खोज्दा के पो भेट्टाछु।" त्यसले त गोजिमा के लुकाइराsरेsछ। तै नि पैसा हो कि भनेर "मलाई पनि दिने भे भन्दिन, नत्र मैले साईँलादाईलाई भन्दिन्छु। त्यो पक्का नि साईँला दाइको हो।"

पैला त साईँला दाइलाई भनिदिन्छु भनेको सुनेर केटो अलि डरायो। अनि "ल ल बाँडेर खाने" भन्दै छाता छाप सुर्तिको पोको पो निकाल्छ केटाले त।

" के के नै हो कि भनेको त। छ्याs, खान्न मैले त, कुक्याम्छ यार। तैँ एक्लै खा।" म फेरि तल्लो गरामा हाम्फालेँ।
हाम्फाल्दा खुट्टो खोल्च्याङ्ग भएर फेरि एक छिन त रुम् कि हासम् भो नि।

*** *** *** *** ***

गोबिन्देले कटुसको सुकेको पात लिएर आएछ। अनि बारिमा बसेर फुसुर फुसुर गरिराsको केटोले। त्यसले त सुर्ति निकालेर कटुसको पाताँ बेरेर बिँडी पो बनाइराs रेsछ। बिँडी देखे पछि त मलाई नि खाम खाम लाग्यो नि। सँधै बुबाले चुरोट खाsको देखेर खान कस्तो रहर लागि राsथ्यो। केटाले मेसो ल्याएछ भन्दै मैले पनि त्यसलाई सघाम्न थालेँ। बनाइवरि सल्काउन लाsको त हुदै हुदैन। शीतले पात सप्पै भिज्या रेsछ, के को सल्किनु नि त्याँ अब।

"ल तैँले मुखमा राखेर तान्, मैले सलाई कोरेर लाईदिन्छु।" त्यसले बिडी मुखमा राख्यो, मैले सलाइ कोरेर लाइदिएँ।

"अलि बेस्कन तान् न। किन डराsको हो तँ।"

त्यसले त बेस्सरी नै तानेछ, एकैचोटी ख्वाङ ख्वाङ गर्दै खोक्न पो थाल्यो। खोकेर त्यसको अनुहार त निलो भो नि।
"ओइ, के गरेका यिनेरुले, हेर त, चुरोट खाsर बसेका। पख तिमेरुलाई घरमा नभन्दे त के छाडम्ला" सरले त आइसकिछे।

"ए भउते, यो गाग्री निकाल्देउ न चाँडो, सप्पै चुह्यो हेर न।" त्यसले गाग्री हतार हतार कान्ला तिर बिसाउदै भनी। त्यो त रुझेर लुछ्रुप्पै भैsछे। रुझेको कपडा शरीरमा टास्सेsर कस्तो राम्री देखिएकि भने केटी त। कोरली बाच्छी जस्तै।

*** *** *** *** ***

क्रमश...

 
Posted on 08-11-05 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो जाडोमा, त्यसमाथि पानीले रुझे पछि त, अरु के चाहियो र। केटीले त दाँतै किट किट गर्न थाली नि।

"त्यो कपडा निचोरेर लगाs न, अनि अहिले पछि आफै सुक्छ नि" मैले त्यसका बिजोक देख्नै सकिन।

"तिमेरु उता जाओ न त" सरले अलि लाज मानी।

"हाम्ले क्यार्छम् र ? !"

"ऐले बढी नभौ है भउते" सरलेले आँखा तरी।

"जा, उता बार पछाडि लुकेर निचोर।" मैले सल्लाह दिएँ।

त्यसले उता कपडा फेर्दै थी, गोबिन्दे त तन्कि तन्कि हेर्छ बा। "ओइ, हेर्छस्?" मैले गोबिन्देलाई हप्काए जस्तो गरेँ। हेर्न त आफुलाई नि मन लाsको नि, के भन्नि अब।

*** *** *** *** ***

"आब्बुईss" सरलेले चिच्याइ, सँगसँगै घोस्र्याक , घोस्र्याक आवाज नि आयो। पैला त बाघै आएछ कि भनेर सात्तो गो। सरले त फराक मात्र फेर्न भ्याकि रैsछे, हातमा सट लिएर दुगुर्दै हामी भाsको ठाममा आइ र मसँग चपक्कै टाँसिइ। त्यसको त सातै गएछ क्यारे, मुटु भट भट गरेको बाहिरैबाट थाह हुने ल। पछि त ठगे पो ठुलो ठुलो स्वरले हाँस्छ। त्यो त बनतिरको बाटो झरेछ हाम्लाई डराउन दिनलाई।

"झुसे गधा, कस्तरी तर्सायो।" सरलेले बल्ल मलाई छाडी। त्यसको भिजेको शरीरले मेरो सुइटर नि अलि अलि चिसो भेsछ।

ठगे पैला त के के नै गरेँ भनेर दङ्ग पर्याथ्यो। पछि हाम्ले ल्याsको सामान, दाउरा, पानी देखेर डाहले होला, अलि ठाममा आयो केटो।

"मलाई नि मिसाओ न यार।" ठगेले अनुहार टुर्लुक्क बनाउदै भन्यो।

सरलेले "मिसाउन्नम् जा।" भन्दै सट लगाई। गोबिन्देलाई चैँ मिसाउन मन रेsछ कि कुन्नि, चुप लागेर बस्यो।

त्यसको खुट्टामा हेरेको त अर्कै खालको चप्पल लाsको छ केटोले। दशैँ सशैँ नि आsछैन, काँsट नयाँ चप्पल पाएछ यसले भनेर यसो अलि गहिरेर हेरेको त वरिपरि फेरोमा काटेर बुट्टा बनाsको। अनि बेटरीको कालोले साइडतिर रङ्गाको। मेरै चप्पल हो कि क्या हो भनेर शंका लाग्यो। आफु यै बेलाँ नबोल्ने त्यो सँग, कस्तो अप्ठ्यारो के।

"ए सरले, यता आइजे त, एउटा कुरो छ।" मैले सरलेलाई अलि पर बोलाएँ। गोबिन्देले चैँ अगि चुरोट खाsको त्यसले मात्र हो भनेर भन्न लाsको हो कि भनेर "त्यसले नि खाsको हो सरले" भन्दै हतार हतार करायो। ठगे चैँ ट्वाँ परेर हेर्दै थ्यो।

"त्यो होइन के हाम्रो आर्कै कुरो छ" भन्दै मैले सरलेलाई अलि पर लगेँ र ठगेले लाsको चप्पलको बारेमा भनेँ।

*** *** *** *** ***

"क्यार्न देखाम्नि नि मेरा चप्पल तँलाई।" ठगे भाग्न खोज्दैथ्यो। सरलेले च्याप्पै समाई त्यसलाई। यसो हेरेको त चप्पल त मेरै रेsछन्। देब्रे चप्पलमा अस्तिनै भोगटेको काँढाले पारेको प्वालले चिनेको नि मैले।

मैले हो भनेसि सरलेले चप्पल खोसिदिई। त्यो त "ए भउते कि स्वास्नी" भन्दै चिच्यायो। सरलेले त्यसलाई मज्जाले झट्पट्याई। त्यो झन ठुलो ठुलो स्वरले "मरि जा, भउतेकी स्वास्नी" भन्दै दुगुर्यो।

सरलेलेले बारिको माटोको डल्लोले हानेकी, त्यसको टाउकैमा लागेर फसरल्लै फुट्यो। त्यो त लड्यो, डल्लाले लागेर हो कि शितमा चिप्लेर हो कुन्नि।

*** *** *** *** ***

:)
-भउते

 
Posted on 08-11-05 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>गोबिन्देले चैँ अगि चुरोट खाsको त्यसले मात्र हो भनेर भन्न लाsको हो कि भनेर "त्यसले नि खाsको हो सरले" भन्दै हतार हतार करायो।
LOL!

ए! श्री ५ को निलम्मवन फुकुवा भेऽछ। हिजो, अस्ति यता हेर्छु उता हेर्छु, कुन्युको चरमा हेर्छु, वयँरका झागंमुनि हेर्छु, देख्दिन श्री ५ त। उदेक लागेर ... ... ... नहुँदाखेरि भन्दा, श्री ५ हुँदाखेरि रमाइलै भाऽरेछ।

 
Posted on 08-11-05 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

----रुझेको कपडा शरीरमा टास्सेsर कस्तो राम्री देखिएकि भने केटी त। कोरली बाच्छी जस्तै। ....

कुरो हे 'रि अब तर्पाएँ तर्पाएँ लायो है ।बईंस ले भेट्टाए जस्तो छ ।



------"ओइ, हेर्छस्?" मैले गोबिन्देलाई हप्काए जस्तो गरेँ। हेर्न त आफुलाई नि मन लाsको नि, के भन्नि अब।

हो हो, मैले नि तो बारीको पाटा मास्थिरको खल्लुक को बुटाँ चरेर खल्लुक खाई रा'थें। आफू त साधु, सन्यासी मुन्छे, कोरली बाच्छी को त सिङ, खुर जम्मै देखेनि भ' भनेर त्ञाँ 'ट फुङ्गालेर म त टा----प ठोकेको ।




 
Posted on 08-11-05 6:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो कैलाशपतिकी

दाईं गरम्,पुल्टुन्पाली गरम् ,गुल्ट्याम् , माडम् (Lets keep on rolling...)
 
Posted on 08-11-05 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुनु हुनामि भएछ, हरा 'का बब्बी चप्ली नी पाइएछन्, उता रुझेको ज्यान नि टाँस्सिनी, जाति बिधी फापेछ तो दिन त ।


जय शम्भो कैलाशपतिकी

दाईं गरम्,पुल्टुन्पाली गरम् ,गुल्ट्याम् , माडम् (Lets keep on rolling...)
 
Posted on 08-11-05 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाका जम्मै मिलेर ओहोरा खान जान मुन लायो खल्लुका रुखमुनि, हैन, अमलाका रुखमुनि।
ल जाम् एउ दिन।
 
Posted on 08-11-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोरा खान जानको लागि गोबिन्दे (दादा) र ठगे ( सिरीपाँच) त भए, अब सरले कता खोज्ने हो खै ?भउते त तयार छँदैछ। जापान तिरबाटै नाक चेप्टो भएकी, भोगटेमा ब्लेडले चिरेको जस्तो आँखा भएकी सरले खोजेर ल्याम है त दादा।

गाग्री चैँ पैले नै आँसिले क्वाकेर प्वाल पार्नु पर्ला जस्तो छ। :)

:)
-भउते
 
Posted on 08-11-05 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठगे भनेर भन्यो भनेर श्रीपञ्चस्वामीका नेत्रारबृन्दबाट निस्केका अग्निका ज्वालामा भष्म भइन्छ कि भनेर डर लाग्यो प्रभु ! रिसानी भए माफ पाम है ! ठट्टै ठट्टामा भनेको नि फेरि !
 
Posted on 08-11-05 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्न रिसाम्थे र ? बरु यसो शिब-बुटीको प्रसंगमा बीडी तानेको जोर्नु हुन्थ्यो कि भन्ठानेको त,

ठीकै छ, उसो भे खल्लुका बुटा 'ट काँ फुङ्गाल्थे र , फुङ्गालिन,
तेही बुटाको कापाँ बसेर हेरें जम्मै तीन तोरलोक चौध भुवन ,कस्सम ल, जनैले खानी ...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters