[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १७६~

[Please view other pages to see the rest of the postings. Total posts: 329]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 198484 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-09-10 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७६ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"





कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 176 edition

नयाँ चौतारीमा नयाँ तारेमाम।


 
Last edited: 09-Feb-10 08:46 AM

 
Posted on 02-10-10 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर पुरे लाई हतार भएको सुन्नलाई ..............

माछा खाँदा सुनाएनन जिम्माल ले? त्यो $३ पर्ने ठाउमा जाँदा त झन सुनाउन पर्ने .... नसुनाये पनि हेरेर देखेर सिक्न जान्नु पर्‍यो पुरे ....... त्येस्तो हस्ती सँग भेट्दा पनि केही नसिकी कन आएको? धिक्कार छ तिम्रो दिमाग लाई ...........
 
Posted on 02-10-10 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्डै एक घण्टा हुंदा पनि न कोइ आए, न रामे ले पुरे लाई केही सुनाए । हिमपात को असार चौतारीमा नि देखियो । त्यै असार साउट बक्स मा परे पो ? मखुला ??

 
Posted on 02-10-10 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाssssssssssssssssssssइ कती बज्यो हँ? १० बैसक्यो होला !

को को छन खै? खुब हल्ला खल्ला गरेर बस्या रछन !

ल पुरिनु भन्दा अघी जदौ चाँही भनी हालम ! जदौ !



 
Posted on 02-10-10 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो रिठ्हे जहिले पनि कुना काप्चा खोज्दै हिद्छ भन्या के भा होला?
लौ चौतारी क थिटा हरु लाई प्रणाम आनी थिटी हरु लाई चाँही wink विन्क। अज को मौसम त मम को मौसम जस्तो छ। लौ म खाजा खान लागे है त।



 
Posted on 02-10-10 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन कहाँ मरे सबै ?

१-२ जना त हिउ मा पुरिये होलान ।

अरु कहाँ गये ?

चिच्यौने बाकस पनि खोलेर हेरे, कोइ छैन ।

हैन कता गये भन्या ।



 
Posted on 02-10-10 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भने रामे, रिट्ठे त हिउं म पुरिए, पुरे कता पुरिए ??



बिर्खे बुढा भात खान घर हिंडेको हिउ को निहु मा निस्केन जस्तो छ ।


 
Posted on 02-10-10 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिबन-बाटो दुई दिनको यो
म फेरी नफर्की आउने हुँ
आँचलमा मोह बाँधी नराख
म त छोटो प्रिती लाउने हुँ । .. दि रामे ।

होइन अती भयो है यो त ....

कता मरेका हुन
मरेकै हो भने पनि हाजिर त गर्न पर्‍यो नि ......... मखुला ठुल्दाइ

काम गरेर बिजी भएका हुन कि क्या हो ?


सुन्य चौतारी ........... मुर्दाबाद ।  
काम न-चोर हरु ........ मुर्दाबाद ।
ढुकेर बस्ने हरु ......... मुर्दाबाद ।

........ ल अरु ठुल्दाइ थप्नुस् ...





 
Posted on 02-10-10 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सबै लाई नेपाली रोग लाग्या जस्तो छ, केही कोइ  ले  चौतारी बहिस्कार गरेको जस्तो छ, अब यक्छिन्पछि टाएर बाल्न बेर छैन है। दरोगा (दंगा रोक गारद) बोलौनू पर्ला जस्तो छ
 

 
Posted on 02-10-10 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sabai jana ko manager bata demotion bhayera worker bhayeko jasto chha. Manager hunjel kei garnu pardaina thio ra sajha ma kuchha kuchha comment chodthye hola.

 
Posted on 02-10-10 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्यानेजर बाट वर्कर भाको होइन गोठाले , वर्करबाट प्रमोशन भेर म्यानेजर स्यानेजर भाका हुन गाम्लेहरु । ब्यस्त नभे नि बिजी देखाउनु पर्‍यो नि भनेर अली कम आउन थालेका हुन ।


जस्तो हाम्रो हाकिम साहेब । ट्यान्टर्म्यान्टर गरेर परमोशन भए। डेस्क मा कम्पुटर चाहियो। बुढालाई कम्पुटर चलाऊन न आउने । नयाँ कम्पुटर डेस्क मा । खोल सहित् । जिन्दगी मा त्यो खोल हटेन । कहिले काही मिटिङ हुंदा हाकिम साहेब को कोठामा , कसैले हाछ्यूँ SSSSSSSSSSSSSSSSSSSS  गर्‍यो भने हाकिम साहेब भन्नु हुन्थ्यो - बाहिर गएर हाछ्यूँ गर्नुस् , कम्पुटर मा भाईरस सर्छ ।
 


 
Posted on 02-10-10 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ठुल्दाइ, मेनेजर चाइँ दाइ जस्तै खग्गु रे'छ। मेरो त नयाँ प्रोजेक्ट आयो, डोक हेर्दै,२-४ दिन बिजी हुनी लक्षण छ। मेरो अनुपस्थितीमा चौतारीको ख्याल राख्नु केरे।

जय चौतारी, जय अवतारी
 
Posted on 02-11-10 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-11-10 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !


बिहिबारे बगलामुखिय जदौ ।


तारेमाम रामे ,


निद्रा लागेन कि ? ब्यान ब्यानै ?



हाम्रो त आज पनि छुट्टी । नहोस् कसरी ? मान्छेको हाइट भन्दा बढी हिउं परे पछी । यसपाली को जाडो मा ७१ इन्च हिउं पर्‍यो। औसत चाँही २२ इन्च हुनु पर्ने । ग्लोबल कूलिङ भन्छन हो रहेछ ।
 


 
Posted on 02-11-10 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>कसैले हाछ्यूँ SSSSSSSSSSSSSSSSSSSS  गर्‍यो भने हाकिम साहेब भन्नु हुन्थ्यो - बाहिर गएर हाछ्यूँ गर्नुस् , कम्पुटर मा भाईरस सर्छ । <<<



 


तारेमाम गाम्लेहरु !


बिहिबारे बगलामुखिय जदौ ।


तारेमाम ठुल्दाइ एवम रामे !


ठुल्दाइ को मोज रैछ आज पनि भोज रैछ !


अब भोली नि बिदा भईदिये त ठुल्दाइ को माहा-लामो सप्तान्त हुन्थ्यो होला !


ल खै बाइर चिस्चिसो छ यसो च्या खाम न त अब !


जल्ले च्या ल्याउछ भोली शिवरात्री मा शिव जी खुशी हुन्छन रे त !


जय शम्भो !


 


 
Posted on 02-11-10 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे ।


कत्तिको हिउं पर्‍यो ?


यस्तो लामो सप्ताहन्त के का लागि ?? बाहिर निस्कनै नहुने, हिंड्नै नहुने । एउटा साँघुरो गल्ली को कोठामा बन्दी बनाए जस्तो। जिन्दगी त आजाद पंक्षि जस्तो हुनु पर्दछ । स्वतन्त्र, स्वच्छन्द , मखुला ??


भोली शिवरात्री रे , के छ हो प्लान शिवभक्तहरुको ?? भाङ साङ् को ब्यबस्था गर्ने कि रिट्ठे, चिलिम को चिन्तै नलिए हुन्छ ।


 
Posted on 02-11-10 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जधौ ठुल्दाइ ।
जधौ रिथ्ठे ।

ब्येस्तताको कारण ले येती मात्र भन्न भ्याये है .......... एक्छिन्मा आउने नै छु ।

 
Posted on 02-11-10 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात्!


अस्ति मलाई रुघा लाग्या बेलामा मेरो कम्प्यूटरमा नि भाईरस छिरो जस्तो छ साह्रै ढिलो भा'छ! ए रिट्ठे यो यु एस बि को दुलोबाट नाइक्विल छिराइदिँदा हुन्छ एक डोज? नन ड्राउजी चाहिँ छिराऊन पर्ला जस्तो छ, नत्र जे काम गर्दा नि ह्याङ्ग होला भन्ने डर!


 
Posted on 02-11-10 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ्फ्फ!!! खन्दा खन्दा खन्दा खन्दा, ज्यान को धन्दा भो गाँठे! ब्यान भरी करिब २ घण्टै ला'गो त् नि घरको ड्राइव्वे र वरी परीको पव्मेन्ट्~ट हिँउ फ्याल्न!

हुक्का बालम लौ! खुईीईीय!     

 
Posted on 02-11-10 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न बेलैमा फलाम उचाल्न गा' थेऊ बुडा र २ घन्टामा सकियो नत्र दुई दिन लाग्ने रेछ! माकले टोपि ला छौ कि छैनौ? फेरि बिना प्राकृतिक अवरोध चिसो पस्ला!


लु यो भक्तपूरे तमाखु सल्का छु तान मजाले सर्को।


 
Posted on 02-11-10 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव रात्री को पुर्व सन्ध्यामा फेरी पनि एक फेर सबैलाई रिट्ठे को न्यानो जदौ तथा तारेमाम !


ठुल्दाइ हिउ त कुरै छोड्दिउन ! हिजो झन्डै पुरिन ला' भनिहाले नि ! धन्न ज्यान अली अग्लै छ र हत्तपत्त हिउ ले नि आँट गरिहाल्दैन ! हर्के भा' भे त के भ्याउथ्यो मोरा ले !


भोली अब शिवरात्री को प्लान तेइ त हो नि ठुल्दाइ आफु त अब पक्का शिवभक्त, शिव को प्रशाद खाएन भने त बाबा रिसाएर चौपट ! यसो शिव बुटी सुटी र भाङ साङ् हल्का त दिनै पर्ला नि ! बरु त्यो मदने कता गो?  तेल्ले काइदा को भाङ बनाउथ्यो !


हन हो रामे, चाइन्जो यस्तो चिसो दिनमा नि आनन्द ले चौतारीमा गफ गाफ गरेर नबसेर कत्ती काम गर्छौ ए असत्ती?


लोल जिम्माल !


मलाई नि त्यो यु यस् बि को दुलो बाट एक डोज नाइकुइल हुलो भन्देखुन भाईरस मर्च जस्तो लाउछ ! मैले त अस्ती भाईरस लाग्दा यु यस बि को दुलो बाट त होइन सि.डि रोम मा हल्का नाइकुइल दलेर हुल्देको थिए ! भाईरस त चट्टै भो ! अन्खेरुन कम्पुटर खोलेको त मैले राखेको वाल्पेपर चेन्ज भएर "योर सिस्टम इज अन्डर नाइकुइल प्रोटेक्सन, प्लिज डु नट इन्टर योर क्रेडिट कार्ड इन्फर्मेसन अर एनी फाइनानसियल डिटेल" पो भन्छ त !


 


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters