[Show all top banners]

मेरिल्याण्डका हामी नेपाली

More by मेरिल्याण्डका हामी नेपाली
What people are reading
Subscribers
:: Subscribe
Back to: Movies / Entertainment Refresh page to view new replies
 "पुरानो डुङ्गा" अब अमेरिका र क्यानाडा भर प्रदर्शन हुँदै..
[VIEWED 4463 TIMES]
SAVE! for ease of future access.
मेरिल्याण्डका हामी नेपाली.
Posted on 11-15-16 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"पुरानो डुङ्गा" अब अमेरिका र क्यानाडा भर प्रदर्शन हुँदै..
'हो निर! जैले रिसाउने'..नेपाली चलचित्र बजारमा अहिले ज्यादै हिट रहेको यो गीतका कारण चलचित्रको प्रदर्शन अघि नै नेपाली कथानक चलचित्र "पुरानो डुङ्गा" चर्चाको शिखरमा छ।

साधारण नेपाली माझी परिवारको मार्मिक कथाबस्तु परिवेश वरपर रहेको यस चलचित्रमा डुङ्गा चलाएर जीविकोपार्जन गर्ने माझी परिवारको चित्र मार्फत थुप्रै नेपालीहरुको सामान्य जिवनलाई प्रतिनिधित्व गरेको पाईन्छ। भक्ते र उसको आवरा भाइ बतासेको पैत्रिक सम्पत्ति अंशबण्डाका कारण हुने झगडाको कथा मार्फत हाम्रो समाजको गहिरो कथाब्यथालाई चलचित्र उतार्न सफल भएको छ।

चलचित्रमा भाइ बतासेले परिवारको दैनिक गुजारा गरिखाने डुङ्गा खोसेर लगेपछि परिवारमा सिर्जना हुने आर्थिक संकट अनि यसले समाजको आधुनिकता र पौराणिकता बिचको द्वन्द्वबाट हाम्रो समाज, परिवारमा परिरहेको दु:खद ब्यथाहरु, दाजुभाइ बिचको सम्बन्ध, सामाजिक परिवेश अनि परम्परा र संस्कारहरु बिचको फरक चित्रहरुले नै यो चलचित्रको सफल कथा बनेको छ। त्यसैले यो एक पुर्ण मनोरञ्जनात्मक सामाजिक नेपालीपन बोकेको चलचित्र बनेको थुप्रै चलचित्र बिश्लेषकहरुको प्रतिक्रिया रहेको छ।

"पुरानो डुङ्गा" मा माओत्से गुरुङ - भक्ते, दयाहाङ राई - बतासे, मेनुका प्रधान - मनमाया र प्रियङ्का कार्की - चन्द्रुको रुपमा पर्दामा मुख्य पात्रहरुक रुपमा देखिएका छन् भने अन्य बुद्धि तामाङ, पुस्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजन गुरुङ आदि चर्चित कलाकारहरुको उत्कृष्ट अभिनय पनि देख्न सकिन्छ।

सिनेमा आर्टस् र माओत्से गुरुङ फिल्मको ब्यानरमा बनेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। माओत्से गुरुङको कथालाई फिल्मका लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन्।

देशमा वा बिदेशमा जताततै नेपाली समाजमा हुने गरेको जुनसुकै मनोरञ्जनात्मक कार्यक्रम, पार्टी, उत्सव वा भोजहरुमा आजभोलि "हो नीर! जहिले रिसाउने" बोलको यो चर्चित गीत नबज्ने र यसमा मस्तीले नझुम्ने कोहि नेपाली छैन भन्दा पनि फरक नपर्ला। करिव ३ महिना अघि मात्र "यु ट्युव" मा राखिएको यो गीतको अडियो मात्र आज सम्ममा करिव ५० लाख भन्दा बढीले सुनिसकेको छ। चलचित्रको ट्रेलर हेर्नेको संख्या "यु ट्युव" राखिएको २४ घण्टा नपुग्दै एक लाख भन्दा बढीले हेरेर रिकर्ड नै राखेको थियो भने बुधबार साँझ यु ट्युव च्यानलमा अपलोड गरिएको चलचित्रको ट्रेलर बिहीबार दिउसो दुई बजेसम्म एक लाख १५ हजारभन्दा धेरै पटक सर्च गरेको पाइएको थियो।

यस ‘पुरानो डुङ्गा’ चलचित्रलाई ‘कब्बडी’ र ‘कब्बडी कब्बडी’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका रामबाबु गुरुङले निर्देशन गरेका छन निर्देशक गुरुङले भन्छन “शहरी जीवनबाट प्रभावित भएको बतासे र पुरानै संस्कार र संस्कृतिलाई अंगाल्ने दाईबीचको कथा नै चलचित्रको मुख्य कथानक हो ।” डार्क कमेडीमा आफ्नो एकल वर्चस्व कायम गरेका गुरुङको ‘पुरानो डुङ्गा’ यो वर्षको बहुप्रतिक्षित सिनेमा हो।

यहि नोभेम्बर महिनाको २५ तारिख देखि नेपाल लगायत संसारभर प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई युवा फिल्मस् र एभरेस्ट इन्टरर्टेन्टमेन्टको सहकार्यमा अमेरिका र क्यानडाका प्रायजसो सबै शहरहरुमा प्रदर्शन गरिने जानकारी चलचित्रका बितरकहरुले दिएका छन।

चलचित्रको प्रचारप्रसारमा DC Nepal, Enepalese, Sajha, CanadaNepal तथा "मेरिल्याण्डका हामी नेपाली" ले अफिसियल मिडियाका रुपमा आबद्ध भइ साथ दिने भएका छन भने बाल्टिमोरमा रहेको Himalayan Bistro Restaurant ले सहयोगी तथा Travel Partners का रुपमा Air Zone Travels ले मुख्य प्रायोजन गरेका छन।

यदि तपाईंहरु पनि आफ्नो शहरमा यस चलचित्रलाई प्रदर्शन गर्न चाहनुहुन्छ भने इच्छुक महानुभाव तथा संघसंस्थाहरुले निम्नलिखित नजिकका ब्यक्तिहरुलाई यथासिघ्र सम्पर्क गर्न सक्नुहुनेछ।

थप जानकारी तथा सम्पर्कका लागि:
K-Sav Khadka: 410-999-7150
Ashish Shrestha: 405-812-1637
Apar Shrestha: 443-418-4344
Dilip Shrestha: 646-420-2399
Srijan Tamrakar: 443-675-8889

© मेरिल्याण्डका हामी नेपाली , 2016
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters