[Show all top banners]

deeps
Replies to this thread:

More by deeps
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यसरी टुक्रदैछ नेपाल
[VIEWED 8261 TIMES]
SAVE! for ease of future access.
Posted on 11-23-07 5:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कानुनी रूपमा आफ्नो हात माथि पारेपछि भारतले अर्को गोटी चाल्यो- राजनीतिक कमान्ड पनि आफ्नै हातमा राख्ने। त्यसले अन्तरिम संविधानको अवधि लम्बिँदा दरबार बलियो हुने त्रास देखाउँदै सङ्घीय राज्य र समानुपातिक प्रतिनिधित्वको विवाद छाडी छिट्टै अन्तरिम संविधान जारी गर्न माओवादी र एमालेका नेताहरूलाई राजी गरायो। यसको मतलब नेपाललाई राजतन्त्रको खतराबाट सुरक्षित राख्नु थिएन, बरू वाम शक्तिहरूलाई जनताका मुख्य मागहरूबाट अलग्याई ती मागहरू आफ्नो अनुकूलको शक्तिका हातमा पुर्‍याएर उक्त शक्तिलाई जनपक्षीय शक्तिका रूपमा अगाडि ल्याउनु थियो। दलहरूले अन्तरिम संविधान जारी गर्नासाथ मधेसी जनअधिकार फोरमलगायतका गुटहरूको नामबाट यिनै मागहरूका लागि भनी सुरु गरिएको साम्प्रदायिक हिंसा र त्यसलाई सम्बोधन गर्न भनी भारतले दिएको दबाबले भित्री योजना थप प्रस्ट भयो।


फोरम र जनतान्त्रिक गुटहरूका नाममा तराईमा सुरु गरिएको हत्या-हिंसाले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न दलहरूलाई बाध्य बनायो। यो निर्णय प्रस्ट रूपमा नागरिकता ऐनसँग जोडिएको थियो
, जसले संविधानसभामा तराईको प्रतिनिधित्व झन्डै ५० प्रतिशत पुर्‍याउन सम्भव बनायो। राष्ट्रविरोधी नागरिकता ऐन, प्रवासी नेपालीहरूलाई मतदानबाट वञ्चित गर्ने निर्णय र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारणको काम सम्पन्न गरेपछि बाह्य षड्यन्त्र तराई र पहाडबीच लक्ष्मण-रेखा कोर्ने दिशामा अगाडि बढेको देखिन्छ। माओवादीसँग रिसइवी साँधेको बहानामा तराईमा बसोवास गर्ने पहाडी मूलका नेपालीहरूको योजनाबद्ध सफाया अभियान त्यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन राजनीतिक शून्यताको अवस्था सिर्जना गर्ने अभिप्रायले प्रेरति छ।

त्यसो त तराईमा राज्य र दलहरूको पकड हदैसम्म खुकुलो भएपछि वार्ताको नाटक गर्दै फोरमको एउटा गुटलाई निर्वाचन आयोगमा दर्ता गरिएको छ, जसको उद्देश्य हो, संविधानसभामा आफूद्वारा प्रस्तावित उम्मेदवारहरूका लागि छाता तयार पार्नु। यस घटनापछि नेपालबारे भारतका दुई खतरनाक योजनाहरूको तस्बिर देख्न सकिन्छ ।


यो मान्नैपर्छ कि गत जेठमा संविधानसभाको निर्वाचन नहुने घोषणा हुनासाथ यसमार्फत जनआन्दोलनको माग अनुसारको परिणाम प्राप्त नहुने प्रस्ट भइसकेको थियो। अब हुने संविधानसभामा दलहरूको नियति भनेको शक्ति सन्तुलन आफ्नो पक्षमा पार्न सक्रिय रहेका राजा, भारत र अमेरिकामध्ये कसलाई नजिक मानेर जाने भन्ने कुनै एउटा खराब विकल्पको छनोट गरी आफ्नो रणनीति बनाउने र मात्रामा जे-जस्तो पाइन्छ, त्यही ग्रहण गरी अग्रगामी निकासको तृष्णा शान्त पार्ने मात्र हो। (more…)


 
Posted on 11-23-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि को लेखको सोच सायदै हामि सम्पुर्ण नेपालि को दिमाखमा आज बाट होइन जब नेपालि का नाम मा पैसा खाएर हामि नेपालि भनौदा केहि गद्धार हरु ले नेपालि नागरिकता बेचे त्यस पछि बाट आइसकेको हुनु पर्छ भन्ने  लाग्दछ ।

भारतिय राज दुत हरु आज पनि  बिभिन्न नेता हरु सँग भिन्दा भिन्दै भर्सन का कुरा अनि राजा , अनि हाम्रा देशका बिनासकरि माओबादि का नेता हरुका कान फुक्न छोडेका छैनन् एक अर्का लाइ लडाउन । अझ यति सम्म कि हामि नेपालि नेपालि को बार्ता मा पनि इन्डियन नभइ बार्ता भएन । कता मैले सुने बार्ता को पेपर पनि हिन्दि मा थियो रे पछि नेपाल मा नेता हरु ले त्यो कुरा खोल्न सकेनन जनता माझ(बिबिसि नेपालि सेबा ले लिएको अन्तर्बार्ता मा यो कुरा सोधिएको छ , त्यसबेला को) भने पछि हामि ले कसलाइ बनायौ त नेता । अनि दरवार, हामि लाइ टिकाइदेउ भन्दे कयौ पटक दिल्लि धायो के यहि होत हाम्रा देश चलाउनेको चाला?

माधब नेपाल लाइ हेर्नु न माओबादि को सामानुपातिक प्रणालि र गणतन्त्र को सबाल मा  आफु प्रधान मन्त्रि बन्ने धोको मा भबिष्य नसोचि भोटहाल्न लगाय सबै संसद लाइ हि्प जारि गरेर तथापि कतिपय उनकै नेता हरुलाइ बेबास्ता गर्दै अहिले तेहरान पुगेर भन्छन माओबादि ले चुनाब को बातबरण बिगारयो , "हैन माधव नेपाल जि तपाइ को दिमाखमा गोबर भरिएको त छैन?"

अनि हाम्रो प्रचन्ड जि लाइ हेर्नु न , माओबादि मा कति खर्च भयो भनेर अर्थ मन्त्रि ले मागेका हिसाब किताब , उनि बौलाएछन हामि सँग हिताब किताब माग्ने  अनि उनले भनेको सबै कुरा सुनेन रे गिरिजा जि ले अब सरकार फेर्न जुङ्गा मुसारेर लागेका छन्।
साच्चैं मैले सोध्न भुलेको अहिले  नेपाल र नेपालि को फैसला अदालत, र कानुनि निकाय  को सट्टा वाइसियल ले गरिरहेको छ भने नेपालको लागि यस्तो खेल  सामन्ति अनि शोसक भारतले नगरे कसले गर्ने त ?के लाग्छ तपाइ को विचार मा । मत मतान्तर त भैहाल्छ लेख्नु होला।


यसको जरो अझ केलाउने हो भने हाम्रो छात्ति चिरा चिरा पर्दछ, एउटा उदारण  जब माओबादि भनौदा हरुले गरेको ज्यादति सहन नसकेर आज भन्दा केहि बर्ष अगि पर्सा जिल्लामा मच्चिएको आतंक सायदै कसैले सुने तर 

 
Posted on 11-23-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसको जरो अझ केलाउने हो भने हाम्रो छात्ति चिरा चिरा पर्दछ, एउटा उदारण  जब माओबादि भनौदा हरुले गरेको ज्यादति सहन नसकेर आज भन्दा केहि बर्ष अगि पर्सा जिल्लामा मच्चिएको आतंक सायदै सरकार चलाउने हरुले  सुनको भए र त्यहि अनुसार को काम तराइमा भएको भए, अनि हामि मधेशि र पाहाडिया लाइ फुटाउने भन्दा जुटाउनका लागि केहि काम भएको भए , अनि कुर्सि लाइ छोडेर केहि बेर को लागि देशको बारेमा सोच्ने नेता अनि बिस्तारबादि भारतिय हरुको पोल्टा मा भिख नमाग्ने नेताहरु भएको को भए सायदै  याँहा सम्म आइपुग्ने थियौं होला आज हामि र हाम्रो देश सायदै यसरि जिउदैं मेरको सरह हुनु पर्ने थयो होला।




 
Posted on 11-23-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saachchikai  hamro Nepal ko awastha lai ramrari kerera herda mutu chhiya chhiya  hunchha.

Hamro Nepal ma kohi JAWAN DESH-BHAKTA neta haru ko janma kin Nabhaeko?

Jai Nepal

 

 


 
Posted on 11-23-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यही थ्रेड पडेर, कही लेखन खोज्दा एउटा कबिता बन्न पुग्यो, नया थ्रेड बनाएर राखेको छू हेर्नु होला

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters