[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 कक्षा, सर/मिस, देश र म - कबिता
[VIEWED 8334 TIMES]
SAVE! for ease of future access.
Posted on 06-04-08 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता

 

कक्षा, सर/मिस, देश र म

 

 

हरेक रात  एमोनिया यूक्त ड्रिंकले

भारी पारेको टाउको दुखाउदै

कहिले एस्प्रीन, कसले सिटामोल चपाउदै

सीताराम सर

दर्शन शास्त्र पढाउन आउनु हुन्थ्यो !

 

संग्राम सर र बिकास सर,

एकै समयमा

"मेरो पिरियड" भन्दै आउनु हुन्थ्यो

बिकास सरले संग्राम सरलाई

भरमार गाली गर्नु हुन्थ्यो !

रिसको झोकमा संग्राम सरले

जिर्ण भई सकेको स्कूलको

छाना साना भत्काई दिनु हुन्थ्यो !

 

कुबेर सर निकै अबेर आउनु हुन्थ्यो !

घरधनीले भांडा दे कि कि

भन्दै डेराको सबै सामान फाल्दिए रे भन्दै

बर्गीय अर्थ शास्त्र पढाएर जानु हुन्थ्यो !

 

सङ्गीता मिस सू्र्य चूरोटको

ठुसठुस गन्ध बोक्दै

सारेगम गाउनु थाल्नु हुन्थ्यो

मानौं त्यो संगीतको कक्षा कोठा थिएन

उनका भ्रष्टाचारी लोग्नेले बनाएको

भब्य महलको बाथरुम थियो !

 

शान्ती मिस ढोकाबाट के छिर्थिन्

संग्राम सरले उक्स्याएका जत्थाले

हा हा हु हु गर्थै, बित्थामा ताली पिट्थे !

अर्को जत्था तैयार हुन्थे

कक्षा भित्रैबाट प्रतिकार गर्न !

 

ऋषि सरले सबै बिद्यार्थी भ्रष्ट देख्नु हुन्थ्यो -

केटाहरु छेउमा बसेकी क्लास-मेटको,

झण्डै झण्डै सबै देखिने बक्ष हेर्नमा ब्यस्त,

उनी पनि के कम ?

लेक्चरको सट्टा लेटर लेख्न मै मस्त !

के पढाउनु यस्तालाई नैतिक शिक्षा ?

 

प्रेम सर पहिले देखि नै दाह्रीवाल,

आउथे र के के बरबराउथे -

कहिले कांहि पूर्ब प्रेमीलाई

गरेको गाली झैं सुनिन्थ्यो !

टांख नलगाएको कमीज भित्र

रौंले छोपेको छातीमा पूरानो घाउ देखिन्थ्यो !

खै के के कोर्न खोज्थे कालो पाटीमा,

जान्छु नै नभनी त्यत्तिकै जानु हुन्थ्यो !

 

प्रेरणा मिस संधै उहि चप्पलमा

फुटेको कुर्कुच्चा, टालेको लुगा

निधारमा पसीना,

चकमा चित्रकारिता

शिष्ट बोली, हिसाबमा गोली !

बर्षौं देखि न उनको तलब बढेथ्यो

न त कुनै बढुबा नै भएथ्यो !

 

हेडसर पनि आफ्नो शक्ति देखाउन,

जिंकको छानामा परेको

असीना भन्दा जोड जोडले कुर्लनु हुन्थ्यो !

 

यसरि नै एउटा सर / मीस आउनु हुन्थ्यो

कालो पाटी माथी लेख्ने कोशीस हुन्थ्यो।

अर्को सर / मीस आउनु हुन्थ्यो

कालो पाटी माथी लेखेको मेटिन्थ्यो !

 

म, निरिह, संधै लाष्ट बेन्चमा बसेर

यी सबै नियाली रहेको हुन्छु

कसैले नसुन्ने गरि भनी रहेको हुन्छु

यो कक्षा र मेरो देश उस्तै उस्तै छ !

कालो पाटिमा एउटा सर / मिसले लेखेको

अर्को सर / मिसले डष्टर लगाउनु हुन्छ !

संझेका बाहेक मसित अरु हेक्का छैन

किनकी टिपोट टिप्न

कापी किन्ने म सित  हैसियत छैन !

 

ईति

 

 

 

कस्तो भयो थाहा पाम् ! totally imaginary hai ! नाम मिल्न गएमा क्षमा प्रार्थी छु !

 
Last edited: 04-Jun-08 09:14 PM
Last edited: 04-Jun-08 10:18 PM

 
Posted on 06-04-08 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey siris

are you from chitawan complting BE from pulchowk campus?


 
Posted on 06-04-08 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Excellent! a reminder of good ol' school days .And ....a peek inside those lives which we  normally  miss to notice.

I tried to write few words about this poem but couldn't come up with right ones!

Anyway, it's a wonderful piece of writing. Keep it coming


 
Posted on 06-04-08 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


malai ta mahabharat padheko jasto lagyo. aafno ta kitab phobia 6.

 
Posted on 06-05-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-05-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A micro-epic.

 

म त भन्छु एक लघुकविताकार (गजलकार भनेको) ले मात्र यस्तो सारांश-काव्य लेख्न सक्छ । गैर-गजलकार हुँदो हो त, हरेक सर/मिसको बारेमा यामान लामो कविता लेखेर यसलाई बबाल लामो महाभारत बनाईदिन्थ्यो होला । शिरीष गजलकार भएर मात्र लेख्न सकेको हो यस्तो संक्षिप्त महाभारत भन्ने लाग्छ मलाई ।

 

वास्तवमा मलाई के लाग्छ भने गजलमा अभ्यस्त हातहरुको लागि गद्य कविता भनेको बायाँ हातको खेल हो । त्यसैले सबै ईच्छुक गद्यकविहरुलाई मेरो सल्लाह हुनेछ, केही समय गजलको कठोर साधनामा बिताउनुहोस्, अनि लाग्नोस् गद्यकवितामा ।

 

Nepe


 
Posted on 06-05-08 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish dai,

                       wa..wa..nothing to complain Just keep them coming


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
NEPAL TPS IS GONE
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters