[Show all top banners]

logbendick
Replies to this thread:

More by logbendick
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 संदिपे पनि १२ वर्ष कै लागि बनवास जानी भयो
[VIEWED 3149 TIMES]
SAVE! for ease of future access.
Posted on 10-23-22 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही प्रक्रियागत समय लाग्ने भएकाले प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्न आज चौथोपटक दुई दिनको म्याद पाएको छ ।
सन्दीपविरुद्ध पुनः म्याद थप्न आइतबार जिल्ला अदालत काठमाडौं लगिएको थियो । उनलाई यसअघि पहिलोपटक सात दिन, दोस्रोपटक पाँच दिन र तेस्रोपटक चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले यही कात्तिक १४ गते सन्दीपविरुद्ध अदालतमा मुद्दा दायर गरिने बताए । उनका अनुसार सन्दीपको बयान सकिएको छ ।
सन्दीपका कानुन व्यावसायीले पीडित भनिएकी किशोरी नाबालिग नभएको र दुईवटा जन्मदर्ता भएको दाबी गर्दै आएका छन् । नागरिकतामा नाबालिग देखिएको र जन्मदर्तामा बालिग भएको उनीहरूको जिकिर छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता घिमिरेले भने नागरिकताकै आधारमा मुद्दा प्रक्रिया अगाडि बढाइने बताए ।
यस्तोमा सन्दीपविरुद्ध नाबालिग बलात्कारकै अभियोगमा मुद्दा दायर हुनेछ । उनीविरुद्ध नाबालिग बलात्कारसम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) बमोजिमको कसुर दाबी गरिनेछ ।
सो दफामा उल्लेख छ, “कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।”
सोही दफाको उपदफा (३) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलाको जबरजस्ती करणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ ।
प्रहरी वृत्त गौशालाबाट सन्दीपविरुद्धको मुद्दाको अनुसन्धान भइरहेको छ । एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ ।
सो होटेलको सीसीटीभी फुटेजमा सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र बाहिरिएको देखिएका छन् ।
पीडित किशोरी अहिले माइती नेपालको संरक्षणमा छन् ।
भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि केन्या गएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जमैका गएकै बेला उनीविरुद्ध जाहेरी परेको थियो । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा उनी असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।
उनले आफूलाई फसाउन क्रिकेटसम्बद्ध व्यक्ति नै लागेको दाबी समेत गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका थिए ।
 
Posted on 10-23-22 1:20 PM     [Snapshot: 26]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nachahine kaam garne bela aankha nadekhne ani Ahile dos afno hoina aruko bhanne. Sabai apardhi haru testai sochchhan ki kohi galti mahasoos pani garchhan.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters