[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Tyo Din

tragicomic

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रचण्डलाई पिट्नेमाथि किन यत्रो सहानुभूति ?
[VIEWED 6820 TIMES]
SAVE! for ease of future access.
Posted on 12-10-12 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्डलाई पिट्नेमाथि किन यत्रो सहानुभूति ?

युवा नेता भन्छन्- धरौटीबिनै रिहा गरेको भए हुन्थ्यो

 

२५ मंसिर, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डलाई मंसिर १ गते गालामा थप्पड हान्ने बाग्लुङे युवक पदम कुँवरले २८ हजार धरौटी नबुझाएका कारण उनलाई सोमबार जेल चलान गरिएको समाचार अनलाइनखबरमा आउनासाथ ‘कुँवरको धरौटी म तिरिदिन्छु’ भन्दै इजरायलबाट नेमा तामाङको टेलिफोन आयो । लगत्तै अनलाइनखबरमा संसारका विभिन्न भागमा बसेका नेपालीहरुले २८ हजार धरौटी तिर्ने भन्दै प्रतिक्रिया दिन थाले । कतिपयले तत्कालै सहयोग गर्न भन्दै कुँवरका परिवारको सम्पर्क ठेगाना र बैंक खाता नम्बरसमेत मागे ।

अनलाइनखबरमा तत्काल आएका ५६ प्रतिक्रियामध्ये १६ जनाले उनको धरौटी तिरिदिन आफूहरु तयार रहेको बताए भने केहीले इमेल र फोनबाट पनि यस्तो आग्रह गरे । यसरी आग्रह गरेजति सबैले सहयोग गर्ने हो भने २८ हजार त के, ४/५ लाख रुपैया सहजै उठ्ने स्थिति देखियो । यसअघि काभ्रे घर भई अमेरिकाको न्यूयोर्कमा बस्दै आएका अर्जुनप्रसाद मैनालीले कान्तिपुर दैनिकमार्फत्  कुँवरलाई १० हजार रुपैयाँ सहयोग पठाएको मंसिर २० को कान्तिपुरमा छापिइसकेको छ ।

नेतालाई पिटेर सार्वजनिक अपराधको मुद्दामा सजायँ भोगिरहेका कुँवरप्रतिको यस्तो समर्थन सहानुभूतिले आइटी पुस्ताका नेपालीको मनोविज्ञान बुझ्न नेपालका नेताहरु, विशेष गरी स्वयं प्रचण्डलाई समेत सहयोग पुगेको हुनुपर्छ । आखिर प्रचण्डमाथि सार्वजनिकरुपमै हातपात गर्ने युवकमाथि किन यसरी मानिसहरुले सहानुभूति जनाएका होलान् ?

यो घटनालाई उचाल्नु हुँदैन-गगन थापा

पदम कुँवरमाथि देखिएको सहानभूतिबारे कांग्रेस युवा नेता एवं पूर्व साभासद् गगन थापा भन्नुहुन्छ- ‘यसलाई दुईवटा पाटोमा हेर्नुपर्छ । पहिलो, घटनालाई प्रस्तुत गर्ने र लिने तरिकामा भर परेको छ । नेताहरुले गलत गरेको हुनाले यो घटना सबैको आक्रोशको प्रतिनिधि हो भन्ने प्रस्तुति र बुझाइले गर्दा कुँवरप्रति सहानुभूति बढेको छ । दोस्रो, हाम्रो समाज नकारात्मकतातिर गएको छ भन्ने अभिव्यक्ति पनि हो ।’

तर, नेताहरुमाथि हुने हातपातलाई सबै जनताको आक्रोशको प्रतिनिधिमूलक घटना मान्न नहुने थापा बताउनुहुन्छ । ‘हो नेतामाथि जनताको आक्रोश छ, तर कसैले लहडमा पिट्दैमा यो आमजनताको प्रतिनिधि हो भनेर बुझ्न हुँदैन ।’ थापाले भन्नुभयो- ‘यो घटनालाई उचाल्नेभन्दा पनि मत्थर पार्नेतिर लाग्नुपर्छ ।’

२८ हजारमा कम्प्युटर किनिदिए हुन्छ- हेमराज भण्डारी

 एमाओवादी युवा नेता एवं पूर्वसभासद् हेमराज भण्डारी यो घटनाको जिम्मेवार नेताहरु नै रहेको बताउनुहुन्छ । ‘यो नेतृत्वप्रतिको वितृष्णा हो । संविधानसभामा नेताहरुले भूमिका खेल्न नसकेपछिको वितृष्णा हो यो ।’ भण्डारीले भन्नुभयो, ‘यतिबेला नेताहरुलाई सबक सिकाउने क्रम बढेको छ । विगतमा नेताप्रति कत्रो सम्मान हुन्थ्यो, नेताका लागि मानिसहरु मर्न तयार हुन्थे तर, अहिले त्यसको विपरीत ठाउँमा पुगेको छ हाम्रो समाज ।’ जनतालाई कस्तो संस्कार सिकाउने भन्ने नेतृत्वमै भर पर्ने बताउँदै भण्डारीले यो घटनाबाट नेताहरुले ठूलो सबक सिक्नुपर्ने बताउनुहुन्छ ।

‘कुँवरलाई सहयोग गर्न चाहनेहरुले उनीप्रतिको सहानुभूति पनि दर्शाएका हुन् । घाइते, अंगभंग हुनुका साथै जनयुद्धमा लागेर परिवारको अवस्था बिग्रेको हुनाले पनि कुँवरप्रति मानिसहरुको सहानुभूति देखिन्छ । प्रचण्डमाथिको आक्रमण संभवतः यही आक्रोशको अभिव्यक्ति थियो । तर, प्रचण्डले माफी दिइसकेपछि उनलाई धरौटी नलिई प्रशासनले रिहा गरिदिएको भए न्याय हुने थियो ।’-भण्डारीले अनलाइनखबरसित भन्नुभयो ।

‘यो घटना आम नेताप्रतिकै वितृष्णा हो, झलनाथ खनाललाई पिट्ने देवीप्रसादप्रति यस्तै सहानुभूति ओइरिएको थियो । यस्तो हुनु राम्रो होइन, तर, नेताकै व्यवहारको ‘रिफ्लेक्सन’का रुपमा यसलाई लिनुपर्छ ।’-उहाँले भन्नुभयो ।

तर, समाजको ध्यान सिर्जनामा भन्दा ध्वंशतिर गैरहेको भण्डारीको गुनासो छ । उहाँ भन्नुहुन्छ- ‘पदमलाई गर्नेजस्तै आर्थिक सहयोग दुर्गम भेगका मान्छे बिरामी पर्दा वा अन्य कुनै सिर्जनामा लगाउने तत्परता देखाइनुपर्छ । ‘२८ हजार सहजै सहयोग गर्न सक्नेहरुले पिछडिएको क्षेत्रका विद्यालयमा एउटा कम्प्युटरमात्रै अनुदान दिने हो भने पनि त्यसले नयाँ पुस्तालाई पदम कुँवर बन्नबाट जोगाउँछ ।’

स्वाभाविक मान्नुपर्छ- नीति अर्याल (खनाल)

समाजशास्त्री नीति अर्याल (खनाल) चाँहि पदम कुँवरप्रति मानिसहरुले देखाएको सहानुभूतिलाई स्वाभाविकरुपमा लिनुपर्ने बताउनु हुन्छ । ‘अहिले नेताप्रति समग्र नेपालीमा वितृष्णा छाएको छ, नेताहरुले गर्न सक्नेभन्दा पनि बढी कुरा गरेर जनतालाई आशामात्रै देखाउने गरेका छन् । माओवादीले त अझ जनयुद्धको बेला यस्ता आशा र आश्वासन धेरै देखाइदियो, व्यवहारमा गर्न सकेन । बोली र गराइमा धेरै फरक देखियो ।’ खनालले भन्नुभयो-’ आफूलाई सर्वहाराको नेता भन्ने, तर संभ्रान्त बन्न खोज्ने प्रवृत्तिले माओवादी नेताहरुप्रति जनताको आक्रोश बढेको छ । त्यसैले यो घटनालाई स्वभाविक रुपमा लिनुपर्छ ।’


 
Posted on 12-10-12 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

थप्पड हान्नेलाई माफी दिएनौ, जनताका सयौं छोराछोरी मार्नेलाई कसरि माफी दिने ?

आर्थिक समस्याले गाँजेर छट्पटिएको, सूदुर बस्तीको एउटा सन्के केटो आज जेल गयो । प्रचण्डहरुले दिएका आश्वाशन पुरा नगर्दा आबेगमा आएर सम्झाउँन भन्दै थप्पड हानेका पदम कुँवर जेल चलान भए । जिल्ला प्रशासन कार्यालयले मागेको २८ हजार रुपैयाँ धरौटी तिर्न नसक्दा उनलाई एकिक्रित नेकपा माओवादीकै सरकारले जेल लग्यो । उनलाई २८ हजार तिर्न लगाइयो । सकेनन् । अनि सिडियोले आदेश दिए ‘यसलाई जेल हाल ।’  उनलाई केन्द्रीय कारागार चलान गरियो ।

तर यसबाट एकिक्रित नेकपा माओवादीको सरकार कति अत्याचारी रहेछ भन्नेपनि देखायो । बाबुराम र प्रचण्डको मन कति छोटो, कति सानो रहेछ भन्नेपनि देखाउँछ । थप्पड पचाउन नसक्ने नेतालाई जनताले कसरि माफी देलान् सयौं जनताका छोराछोरीको हत्या गरेबापत ?

चितवनको माडीमा एउटै बसमथि बम हन्दा प्रचण्डका कार्यकर्ताले सयौं नेपालीको ज्यान लिए । सयौं जनताका छोराछोरीलाई उचालेर, स्कूलबाटै लतारेर, खोसेर, धम्काएर ल्याए । जहाँ जहाँ आवश्यक पर्छ काम लगाए । तिनका गुलिया अश्वाशन पाएर धेरै नेपालीका अवोध सन्तानको ज्यान गएको छ । तिनको उक्साईले धेरैको घर बिरक्तिएको छ । धेरै महिलाका सिंदुर पुछिएको छ । टुहुरा हुने उत्ति छन् । काख खोसिनेहरु हजारौं छन् । अब जनताका छोराछोरीले आफ्ना बाउ आमाको हत्याका कारक प्रचण्डलाई कसरि छोड्ने ? सयौं बाबु र आमाले आफ्ना छोराछोरी चुँडाएर लैजाने कारक बनेका बाबुराम र प्रचण्डलाई कसरि माफी दिने ? कुन मनले तिनलाई स्वतन्त्ररुपमा हिँडेको देख्न सक्छ ?

आफु र सयौं परिवारको बेहाल गराइदिएको झोंकमा आएर थप्पड हानेका कुँवरलाई जेल हाल्ने हो भने जनताका छोरा छोरी मार्ने माओवादीका नेतालाई जनताले किन छोड्ने ? के तिनलाई जेल हाल्नु पर्दैन जनताका छोरा छोरीले थप्पड हान्दा जेल जानु पर्छ भने ? जनताको छोरो र नेताका लागि अलग कानुन र नजिर स्थापन गर्न पाइन्छ ? त्यसैपनि प्रचण्डलाई हानेको थप्पड भन्दा कयौं गुणा बढि यातना कुँवरले पाईसकेका छन् । प्रहरी प्रशासनको यातना भोगे । उनका कार्यकर्ताले शरिर कुच्चिने गरि पिटे । भलै त्योपनि आबेगमै हो । उनको यातनाको जिम्मेवार चाहिँ को हुने नी ? आफ्ना कार्यकर्ता र नेताको चाहिँ चोर बाटो अपनाएर मुद्दा फिर्ता लिने ? कुँवरको सामान्य कमजोरीमा चाहिँ मुद्दा हाल्ने ? प्रचण्ड र बाबुरामको न्याय र सामनताको मुकुण्डो यो भन्दा बढि अझै कति उघारिने ?

हजारौं जनताको हत्यामा संलग्न भएर आएका नेतालाई जनताले माफी दिनुपर्ने । तर तिनले चाहिँ माफी दिन नसक्ने ? कति सानो मन रहेछ प्रचण्डको ? थप्पड हानेको कसुरमा एउटा सामान्य कार्यकर्तालाई माफी दिन नसक्ने प्रचण्डले यो मुलुकको नेत्रित्व गर्ने ? कसरि नेत्रित्व गर्न सक्छ यस्तो झिँगाको जत्रोपनि मन नहुने नेताले  ? आम नेपाली जनतालाई कसरि खुशि बनाउन सक्छ ? जनताका छोरा छोरीलाई कमारो र रैतीको ब्यवहार गर्ने नेतालाई कसरि जनताले राजनेता मान्ने ?


 
Posted on 12-10-12 6:07 PM     [Snapshot: 111]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 १७,००० / १७००० मानिसह मारेर लाजिम्पाट दर्बार मा बिराज मान हुने नेता लाइ १ झाप्पड हान्दा जेल पठाउने लाइ अंतरार्स्त्रिया कोर्ट (हेग) मा लगेर यी हत्त्यारा र भर्स्त्रचारी हरु लाइ मुद्दा हाल्नु पर्ने हो ,  यी मानब अधिकार भन्ने र डलर खेति गर्ने हरु ले पनि बेलैमा विचार गरेर प्रचण्ड र यसका मतियार हरु बाल कृष्ण जता हत्यार लाइ कारवाही गर्ने केहि छ ने अन्तरास्ट्रिय मानब अधिकार कोर्ट मा लगेर मुद्दा हाल्नु पर्छ . माओबादी हरु ले जनता लाइ १०./ १० वर्ष बनबास, छोटा राजा बनि रहेका छन् , कुनै दिन यी हत्यारा हरु लाइ खुला मन्चमा लगेर फासी दिएको नेपाली जनताले हेर्न आतुर छन .
 

 
Posted on 12-10-12 8:34 PM     [Snapshot: 264]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

efficient , tyodin kailay ni audaina hola
 
Posted on 12-10-12 8:45 PM     [Snapshot: 279]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२८ हजारमा कम्प्युटर किनिदिए हुन्छ- हेमराज भण्डारी
Aye male lay ghus khayako paisa lay ta jhan anchal bareeka ko lagi laptop kinaa pugtheyo hola ni.. teso garay kaso hola?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters